लमजुङमा गोरु जुधाइ प्रतियोगिता : हेर्नेको घुइँचो

लमजुङ । लमजुङमा ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको छ । लमजुङको राइनास नगरपालिका–८, मा रहेको भेटघाट चोक रयलेफाँटमा बुधबार ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको हो ।

गोरु पालनमा किसानको आकर्षण बढाउने उद्देश्यले राइनास नगरपालिकाको सहयोगमा गाेरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता आयोजक संस्था गोरु पालक किसान समूह, राइनासका अध्यक्ष जगदीशराज पाण्डेले बताउनुभयो ।
गोरु जुधाइ कार्यक्रमले गोरु पालनमा लाग्न किसानलाई प्रेरणा मिलेको र यसलाई आफूहरुले उत्सवको रुपमा लिइएको अर्का स्थानीय दिनेशचन्द्र घिमिरेले बताउनुभयो ।
सुन्दरबजार नगरपालिका, तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट मानिसहरु गोरु जुधाइ हेर्न आएका थिए ।

गोरु जुधाइ प्रतियोगितामा स्थानीय १० जना किसानले गोरु ल्याएका थिए । प्रतियोगितामा अच्युत जोशीको गोरु प्रथम, विष्णुबहादुर नेपालीको गोरु दाेस्राे, शंकर पाण्डेकोको गोरु तेस्राे र रामकृष्ण ओलियाको गोरु सान्त्वना भएको प्रतियोगिता मूल्यांकन समितिका संयोजक दुर्गाभक्त धमलाले जानकारी दिनुभयो ।

प्रतियोगिताका पहिलाे, दाेस्राे, तेस्राे र सान्त्वना भएका सम्बन्धित गोरुपालक किसानलाई पुरस्कारस्वरुप नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

 

Sharing Now!

You might also like

Comments are closed.