जबरजस्ती करणी उद्योग अभियोगमा दुई जना पक्राउ

बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका–२ लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् । ती बालिकालाई बारबर्दिया नगरपालिका–१ जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुले जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Sharing Now!

You might also like

Comments are closed.