• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै


  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ ।

    Advertisement

    समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको मंसिर २ गते असामयिक निधन भएपछि समाजले पूर्व निर्धारित गरेको पौष ७ गतेको मिति परिवर्तन गरी पौष १५ गते पूर्णिमाको दिन गर्ने निर्णय गरेको हो । समाजले यस अघि कुलपूजा तयारीको निमित्त पौष ५ गते बोलाईएको बैठक १२ गतेको लागि तय गरेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस वर्ष पौष १३ गते दिउँसो तोरी पेल्ने र साँझ पख मन्दिरमा दीप प्रज्वलन गर्ने, पौष १४ गते कुल मन्दिर सरसफाइ तथा गवरा बार्ने र पौष १५ गते समितिद्वारा मन्दिरमा पूजा अर्चना गर्ने निर्णय गरिएको छ । समितिले कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कुल मन्दिरमा बन्धुहरुले धूप, धया र भेटी लिएर आउन अनुरोध गरेको सातसय बगाले थापा समाजका केन्द्रीय प्रतिनिधि छुम बहादुर थापाले जानकारी दिनुभयो । यस वर्ष सामान्य तवरबाट कुल पूजा गरिने समितिले जनाएको छ । गलकोट मल्ममा देशका विभिन्न ठाउँहरु ताराखोला, बडिगाड, ढोरपाटन, बागलुङ, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, भारतको देहरादुन, दिल्ली सँगै विदेशसम्म फैलिएका बगाले थापाहरु कुलपूजा गर्न आउने गर्दछन । कुल पूजाले बन्धुहरू बिच एकता, आपसी भाइचारा समेत बढाउने विश्वास लिईन्छ । विगतमा कुल पूजाको दिन बिहान निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा अर्चना, प्रसादी वितरण र सामुहिक भोजको भव्य कार्यक्रम हुने गर्दथ्यो । यस पटक कोरोना भाइरस संक्रमणको कारण जटिल परिस्थिति सृजना भएको हुँदा सामान्य रूपमा गरिने धौलागिरी बगाले थापा समाजका उपाध्यक्ष राज बहादुर थापाले बताउनु भयो । बगाले थापाको ईतिहास हेर्दा वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि. सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको समाजका संरक्षक एवं प्रध्यापक डा. दिनबहादुर थापाले जानकारी दिनुभयो । समाजले प्रत्येक कुल पूजामा बगाले थापाको ईतिहास, विभिन्न लेख, रचना, सामाग्री सहितको स्वाभिमान बुलेटिन पुस्तक समेत प्रकाशित गर्दै आइरहेको छ ।

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation