• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै


  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ ।

    Advertisement

    समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको मंसिर २ गते असामयिक निधन भएपछि समाजले पूर्व निर्धारित गरेको पौष ७ गतेको मिति परिवर्तन गरी पौष १५ गते पूर्णिमाको दिन गर्ने निर्णय गरेको हो । समाजले यस अघि कुलपूजा तयारीको निमित्त पौष ५ गते बोलाईएको बैठक १२ गतेको लागि तय गरेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस वर्ष पौष १३ गते दिउँसो तोरी पेल्ने र साँझ पख मन्दिरमा दीप प्रज्वलन गर्ने, पौष १४ गते कुल मन्दिर सरसफाइ तथा गवरा बार्ने र पौष १५ गते समितिद्वारा मन्दिरमा पूजा अर्चना गर्ने निर्णय गरिएको छ । समितिले कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कुल मन्दिरमा बन्धुहरुले धूप, धया र भेटी लिएर आउन अनुरोध गरेको सातसय बगाले थापा समाजका केन्द्रीय प्रतिनिधि छुम बहादुर थापाले जानकारी दिनुभयो । यस वर्ष सामान्य तवरबाट कुल पूजा गरिने समितिले जनाएको छ । गलकोट मल्ममा देशका विभिन्न ठाउँहरु ताराखोला, बडिगाड, ढोरपाटन, बागलुङ, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, भारतको देहरादुन, दिल्ली सँगै विदेशसम्म फैलिएका बगाले थापाहरु कुलपूजा गर्न आउने गर्दछन । कुल पूजाले बन्धुहरू बिच एकता, आपसी भाइचारा समेत बढाउने विश्वास लिईन्छ । विगतमा कुल पूजाको दिन बिहान निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा अर्चना, प्रसादी वितरण र सामुहिक भोजको भव्य कार्यक्रम हुने गर्दथ्यो । यस पटक कोरोना भाइरस संक्रमणको कारण जटिल परिस्थिति सृजना भएको हुँदा सामान्य रूपमा गरिने धौलागिरी बगाले थापा समाजका उपाध्यक्ष राज बहादुर थापाले बताउनु भयो । बगाले थापाको ईतिहास हेर्दा वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि. सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको समाजका संरक्षक एवं प्रध्यापक डा. दिनबहादुर थापाले जानकारी दिनुभयो । समाजले प्रत्येक कुल पूजामा बगाले थापाको ईतिहास, विभिन्न लेख, रचना, सामाग्री सहितको स्वाभिमान बुलेटिन पुस्तक समेत प्रकाशित गर्दै आइरहेको छ ।

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै
    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला
    इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण
    इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला
    इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान
    दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation