काठमाडौं । सल्यानको कपुरकोट गाउँपालकिा ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ। विद्यालयका प्राधानाध्यापक सहित ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको हो।
Advertisement
प्राधानाध्यापकससहित ८ जना शिक्षकमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको समन्वयमा पुस १० गतेसम्म विद्यालय बन्द गरिएको छ।
मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो।