पाल्पा । पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
Advertisement
पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।
मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । पुरुषमा निमोनियाको समस्या रहेको बताइएको छ ।