विद्यालयहरुलाई कोभिड लक्षित सामग्री वितरण

पुर्ण बिश्वकर्मा, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई कोभिड लक्षित स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा स्वास्थ्य सामग्री बितरण गरेको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालका अनुसार मुदायिक विद्यालयहरुलाइ थर्मल गन, सेनिटाइज, सर्जिकल तथा कपडाको मास्क लगायतका सामाग्री बितरण गरिएको छ । साथै उहाँले एउटा विद्यालयलाई अधिकतम ३५ हजार मूल्य पर्ने सामाग्री बितरण गरिएको जानकारी दिँदै कोरोना महामारीबाट जोगिन समेत आग्रह गर्नुभएको छ ।

Sharing Now!

You might also like

Comments are closed.