• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ३. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ४. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ५. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ६. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ७. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ८. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ९. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • १०. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

दशैँमा के खाने, के नखाने ?


  •   शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं। दसैं भन्नेवित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आमबुझाइ छ। त्यसैले दशैंंमा आ–आफ्नो गच्छेअनुसार सबैका घरमा नयाँ लुगा लगाउने र मिठो परिकार पाक्ने गर्छ।

    Advertisement

    दशैंमा सबैभन्दा बढी खपत मासुकै हुन्छ। हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा। यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ। त्यसका अलावा कुखुराको मासु र माछा पनि अत्यधिक प्रयोग हुन्छ। मासुमा अत्यधिक मरमसाला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ।

    दसंैमा १० पटक खानुपर्छ भन्ने मान्यता छ, त्यसैले अन्य बेलामा भन्दा बढी खानेकुरा पाक्छन्। दसैंमा मासुका विभिन्न परिकार बनाई बिहान, दिउँसो र साँझ मुख्य परिकारका रुपमा खाने प्रचलन छ। स्न्याक्समा पनि मासुकै प्रयोग बढी हुन्छ।

    दसैंका बखत कार्यालयका साथै शिक्षण संस्थाहरु पनि बन्द हुने भएकाले सबै फुर्सदमा हुन्छन्। दसैंमा घरमै बसी परिवारका साथमा होस् या साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै जुवातास खेल्ने, टिभी हेर्ने, साथी जम्मा भएर गफ गरेर समय बिताउँने चलन छ। शारीरिक कसरत कम हुने र खाना पनि चिल्लो र मसालायुक्त हुन्छ, जसले गर्दा मोटोपन बढाउने र दीर्घ रोगीहरुलाई रोग बल्झने सम्भावना प्रवल हुन्छ।

    मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ। साथै निरोगी मानिस पनि आफ्नो वजन बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने गर्छन् चाडबाड सकिनासाथ।

    दसैंमा अत्यधिक रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन्। यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो।

    चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन। दसैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ। त्यसो भयो भने कुनै समस्या हुँदैन।

    सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ। जस्तैः एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ। यसरी खाना खाएमा निरोगी हुन मद्दत गर्छ। १० पटक खाने भनेर जति बेला पनि मासु खानैपर्छ भन्ने मान्यता गलत हो। फलफूल, सलाद, भटमास साँदेर पनि खान सकिन्छ। आफ्नो शरीरले मागेको जति खानेकुरा खाएर पनि चाडबाड मनाउन सकिन्छ।

    चाडबाडमा मासुसँगै मौसमी फलफूल र सागसब्जीलाई भान्सामा समावेश गर्न सकियो भने मासु राम्रोसँग पचाउन मद्दत गर्छ र रोगबाट बच्न सकिन्छ।

    खानामा दैनिक रुपमा फलफूल समावेश गर्न सकियो भने भिटामिन र मिनिरल प्रशस्त मात्रामा पाउन सकिन्छ। मासुलाई उसिनेर राम्रोसँग छाला निकालेर थौरै तेलमा पकाएर खानु स्वास्थ्यकर हुन्छ।

    दसैंमा खानाका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। दैनिक आधा घन्टा आफ्नो लागि समय निकालेर शारीरिक कसरत गर्नाले रोग नियन्त्रण हुनुका साथै खाना पच्न मद्दत गर्छ।

    शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ३.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ५.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation