काठमाडौँ । दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या भएको छ ।
Advertisement
बंगलाचुली गाउँपालिका २ का २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेका हुन् ।
वीरबहादुरले शुक्रबार राती घरको छतबाट धकेलेर बाबुको हत्या गरेका हुन् । छतबाट खस्दा बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य विवादपछि छोराले बुबालाई कुटपीट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
वीरबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।