राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठानको जुम्री बजारमा बिहिवार देखि रोधिघर संचालनमा आएको छ ।
केएसआर मुभिज प्रा.लि काठमाडौ मार्फत रोधिघर संचालनमा लयाईएको हो । लामो समय देखि कलाकारिता क्षेत्रमा क्रीयाशिल प्रकाश बस्नेतले रोधिघर खोलेका हुन। रोधीघरको उद्घाटन राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्युठानका अध्यक्ष तुकमान सिह कार्किले उद्घाटन गर्नुभयो ।
सो अबसरमा कार्किले रोधीघरले नेपाली कला संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा सघाऊ पुर्याउने बिश्वास ब्यक्त गर्नुभएको थियो। रोधीघर व्यवसायिक प्रयोजनले अनलाइन मार्फत समेत हेर्न सकिने गरि उक्त रोधिघर सञ्चालनमा ल्याइएको हो। नेपाली कला संस्कृति र मौलिक नेपाली पहिचानको जगेर्ना गर्दै पर्यटन प्रबर्दन गर्ने मुख्य प्रमुख लक्ष्य रहेको कम्पनीका संचालक प्रकाश बस्नेतले बताउनुभयो।
लामोसमय देखी ग्राहकहरुको माग अनुरुप नै रोधिघर सञ्चालनमा ल्याएको सञ्चालक बस्नेतले कामना डेलि अनलाइनलाई जानकारी दिनुभयो । साथै विभिन्न स्थानमा छायांकन गरिएका लोक दोहोरी उक्त रोधिघरमा डकुमेन्टेसन गरी अनलाइन मार्फत प्रसारण गरिने भएकाले बजारस्तर वरिपरीका घरमा ध्वनीले असर नगर्ने सञ्चालक बस्नेतको भनाई छ ।