बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा बुधबार एक महिलाको ज्यान गएको छ ।
जिल्लाको मधुवन नगरपालिका वडा नम्बर – ३ भगरैया बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । सशस्त्रको बिओपी नजिक २५ मिटरको दूरीमा बाघले खत्रीलाई आक्रमण गरेको थियो। यो क्षेत्र नेपाल(भारत सीमाको खाता जैविक मार्ग हुँदै सीमासँग नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्षसँग जोडिएको घना जंगल पर्दछ ।

Sharing Now!

You might also like

Comments are closed.