म्याग्दीमा थप एक संक्रमितको मृत्यु

म्याग्दी । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।गत असोज २९ गते संक्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

Sharing Now!

You might also like

Comments are closed.