भाइले गरे दाइको हत्या

सल्यान । सल्यानमा बिहीबार राति आफ्नै भाइले दाइको हत्या गरेका छन् ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१० थापाचौरमा दाउरा प्रहार गरी २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको प्रहरीले बताएको छ । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले शुक्रबार फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.