बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा समस्या बढेपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.