सांसद निरु पाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको परीक्षणका लागि मंगलबार स्वाब दिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको हो ।आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गराएको बताएकी छिन्।

उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.