बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याइएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो।त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिँदै आएको छ । तर, राति राति थप समस्या भएपछि कोरोना अस्पताल ल्याई आइसीयूमा उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।

अस्पतालका अनुसार ती व्यक्तिमा मुटुरोगको समस्या थियो । यो सँगै उक्त अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.