रुपन्देहीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

बुटवल। रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । उनको सोमबार पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.