प्रधानमन्त्रीका ३ सल्लाहकार सहित ४ जनालाई कोरोना पुष्टि

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनिहरुले सामाजिक सञ्जालमार्फत आफूलाई पीसीआर परीक्षणले कोरोना पोजेटिभ देखाएको बताएका छ्न ।

थापा र रिमालले यो अवधिमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।दुबैले शुक्रबार स्वाब दिएका थिए।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.