थप २,७२२ जनामा कोरोना पुष्टि, ३,३०७ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २,७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २,७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको ८२ हजार ४५०संख्या पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ ।गत २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ७३९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको ६० हजार ६९६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार ८८५ जना रहेका छन्।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.