मोरङमा थप १३० जनामा कोरोना पुष्टि

मोरङ। मोरङका विभिन्न स्थानमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ जना महिला र ७९ जना पुरुषलाई कोरोना  पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार १८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.