कपिलबस्तु। कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बगाउदा एकको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन ।
बिद्युत प्राधिकरणको जिप बगाउदा गुल्मी रेशुंगा ९ उपल्लो तम्घासका सवारी चालक ३५ बर्षीय माधव पाण्डेको मृत्यु भएको हो । बिद्युत प्राधीकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल, र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण सवार थिए ।जनाले गाडीबाट हाम फालेर पौडेर ज्यान जोगाएका छन् ।हाम फालेर ज्यान जोगाउनेमा वाणगंगा नगरपालिका वडा नं. ९ की शिक्षिका ३२ वर्षीया कोपिला अधिकारी, विद्युत कर्मचारी २७ वर्षीय विजय पोखरेल र ५९ वर्षीय परशुराम थारु रहेका छन् । बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्वरका जिपलाई बुधवार बाढीले बगाएको थियो। बाढिले बगाएको जीप भने भेटिएको प्रहरीले जनाएको छ।
रात परेको र बाढी बढिरहेका कारण बेपत्ताको खोजी कार्यमा समस्या भइरहेको बताइएको छ ।