खोलाले बगाएर प्यूठानमा एक युवक बेपत्ता

प्यूठान । प्यूठानमा मंगलबार ठाडो खोलाले बगाएर एक युवक बेपत्ता भएका छन।
जिल्लाको ऐरावती गाउँपालिका वडा नंवर २ लामीदमार स्थित छेस्के खोलाले बगाएर स्थानीय ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता भएका हुन । जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको स्थानियले बताए । स्थानियका अनुसार आफ्नो छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि बाकबललाई घाँसको भारीसँगै बगाएको हो।

स्थानिय र सुरक्षाकर्मीको टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेका छन ।

Sharing Now!

You might also like

Comments are closed.