• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ५. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ६. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ७. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ८. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ९. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

दाङको देउखुरी क्षेत्र बिकास तर्फ उन्मुख : मुख्यमन्त्री पोखरेल


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, देउखुरी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको देउखुरी क्षत्र बिकाशउन्मुख रहेको बताएका छन् ।
    आईतबार गढवा स्थित सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देउखुरी क्षत्र पछाडी परेको भन्ने गुणासो अब हराउँदै जाने बताए  ।जिल्लामै नभएको सर्पदंश उपचार केन्द्र देउखुरी क्षत्रले पाएकोमा खुसी ब्यक्त गर्दै उनले देउखुरीले बिकाशमा अत्यधिक फड्को मारेको बताए । “सधै देउखुरीलाई पछाडी पारियो भन्ने गुणासो आउँथ्यो, अब त्यो बिस्तारै हराउँदै गएको छ मुख्यमन्त्री पोखरेलले भने,’ देउखुरी बिकास तर्फ उन्मुख छ ।” लमही-कोईलाबास् जोड्ने सडक पिच भईसकेको स्मरण गर्दै यस क्षत्रका स्थानियले अब सडकबाट लाभ लिनुपर्ने बताए । सडक पिचले मात्र भाग्य बदल्न सक्दैन उनले भने-सडकको सदुपयोग गर्दै श्रम गर्नुपर्छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पोखरेलले कोरोना प्रसंगमा देउखुरीका ४ पालिकाले आईसोलेसन सञ्चालनमा लिएको प्रती खुसी ब्यक्त गरे । “आपसमा मिलेर आईसोलेसन सञ्चालनमा आएको छ, महामारीमा यो भन्दा सराहनिय काम अर्को हुनै सक्तैन मुख्यमन्त्री पोखरेलले भने-पुर्ब पश्चिम हिड्दा गाउँका भित्री गल्लीहरु पनि पिच भएको देख्छु, सबै पालिका तथा वडाहरुले राम्रो बिकाश गरेको पाएको छु ।”

    Advertisement

    करोड लागतमा सर्पदंश उपचार केन्द्र शुरु

    गढवा गाउँपालिकाको १ करोड लागतमा स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
    आईतबार मुख्यमन्त्री शंकर पोखरेलले उपचार केन्द्रको बिधिवत रुपमा उद्घाटन गरेपछी उपचार केन्द्रले सेवा दिन शुरु गरेको हो । नेपाली सेना रिपुमर्दन गण घोराहीको प्राबिधिक सहयोगमा जिल्लामै पहिलोपटक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना भएको हो ।गाउँपालिकाको एक करोड लगानी, सरोकारवाला निकाय, स्थानीयको श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरि सेवा दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष सहजराम यादबले जानकारी दिए । निर्माण कार्य शुरु गरेको ७ महिना समाप्तीसँगै केन्द्रले सेवादिन शुरु गरेको हो । गत फागुन १ गतेदेखी पालिकाले केन्द्रको निर्माण कार्य शुरु गरेको थियो । गाउँपालिकाले केन्द्र सञ्चालनका लागी २५ सदस्यिय उपचार कार्यबिधि निर्माण गरेको छ । हाल अर्जुनखोला स्थित ५ जना सेना र गाउँपालिका बाट तालिम प्राप्त २ जना गरि ७ जना खटिएका छन् ।
    प्रारम्भिक अबस्थामा सेवा शुल्क बाफतको बिरामीबाट ३ सय रुपैया लिने गरि सेवा सुरु गरिएको केन्द्रका हेल्थ असिस्टेण्ट जिवराज शर्माले जानकारी दिए । उनका अनुसार बिरामीलाई आई. सि. यु. मा भर्ना गर्नुपर्ने अबस्था आएपछी मात्रै बिरामी रिफर हुने बताए । त्यो बाहेकका सर्पको डसाईबाट बिरामी परेका सम्पुर्ण बिरामीको उपचार हुने जनाए । केन्द्रले ईमरजेन्सी र भर्ना गरि ८ वटा बेडबाट सेवा सुरु गरेको छ । केन्द्र सञ्चालन सँगै भेन्टिलेटर र एम्बुलेन्स खरिदका लागी तत्काल तयारी थालिने योजना रहेको असिस्टेन्ट शर्माले बताए।
    जिल्लामै पहिलो सुबिधा सम्पन्न सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दाङ लगायत छिमेकी जिल्लाका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने बिश्वास गरिएको छ। यो भन्दा अघि सर्पदंश उपचारका लागि गोरुसिंगे र बाँकेको सम्सेरगञ्ज जानुपर्ने बाध्यता थियो । उपचारका लागि जाँदाजाँदै बाटोमै मृत्यु भएका तमाम् उदाहरण छन्।

    दाङमा सर्पले डसेर १४ महिनामा १४ जनाको मृत्यु

    दाङमा पछिल्लो १४ महिनाको अवधिमा सर्पको डसाईबाट १४ जनाको मृत्युभएको छ ।

    जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७६ साउन देखी अहिले सम्म १४ जनाको मृत्यु भएको छ । जसमध्य ७ जना महिला र ७ जना पुरुष छन् । २०७५ सालभन्दा यसबर्ष ४ जना बढिले सर्पको डसाईबाट ज्यान गुमाउनु परेको छ । २०७५ साउन देखी देखि २०७६ असार सम्म १२ महिनाको अबधिमा जिल्लामा १० जनाले ज्यान गुमाएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका सुचना ब्यबस्थापन अधिकृत विश्व प्रकाश अर्यालले बताए । बर्सेनी सर्पको डसाईबाट मृत्यु हुनेमा अधिकाँस राजपुर र गढवा गाउँपालिकाका स्थानिय रहेका छन्।
    जिल्ला विपद् व्यवस्थापन समितिले दाङका १० स्थानिय पालिका मध्य राजपुर, गढवा र दंगिशरण गाउँपालिकालाई सर्पको उच्च जोखिममा समेत राखेको छ । सर्पले डसेपछि अस्पतालमा पुर्‍याएर उपचार गर्नुकाे साटाे झारफुक तर्फ बिश्वास गर्नाले पनि धेरैको मृत्यु भएको पाईएको छ ।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation