बाँकेमा थप एक जनाकाे काेराेनाबाट मृत्यु

नेपालगन्ज । बाँकेमा काेराेनाकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताएका छन् ।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing Now!

You might also like

Comments are closed.