काठमाडों । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ जना महिला र ११ जना पुरुष गरी थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए । उनका अनुसार मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष,पर्साका ७८ वर्षीय पुरुष,भक्तपुरका ७२ वर्षीय पुरुष,काठमाडौंका ७६ वर्षीय महिला रहेका छन् ।
त्यस्तै चितवनका ६१ वर्षीय पुरुष,तनहुंका ७६ वर्षीय महिला,स्यांग्जाका ८५ वर्षीय पुरुष,गोरखाका ४५ वर्षीय पुरुष,कांस्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोभिड-१९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ।