बाँके। शनिबार बाँकेमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको हो । जसमध्ये १२ जना महिला र २८ जना पुरूष छन् ।शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी समेत छन् ।
Advertisement
योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४०४ जना पुगेको छ । त्यसमध्ये ४१४ जना सक्रिय संक्रमित छन् ।