गीता गौतम, प्युठान।प्युठानमा आज थप ३ जना कोरोना संक्रमीत थपिएका छन ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको स्वाब परिक्षणमा स्वर्गद्वारी नगरपालिकाका स्वास्थ कार्यालयका कार्यालय सहयोगी ४६ वर्षिय पुरुष सहित ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्वर्गद्वारीका स्वास्थ्य प्रमुख दल बहादुर केसि ले जानकारी दिनु भयो । कोरोना पोजेटिभ देखिएका मध्ये गएको बिहिवार कोरोनाका कारण मृत्यु भएको प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का मृतकका श्रीमती र जेठान हुन । यो सङ्गै हाल सम्म जिल्ला भर ४६० जनालाई कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४१६ जना निको भएर घर फर्किएका छन। भने सकृय संक्रमितको संख्या ४१ रहेको र अझै ९९ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको जिल्ला स्वास्थ कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले बताउनुभयो । अहिले सम्म प्युठानमा काेराेना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
प्युठानमा थप ३ जनामा कोरोना पुष्टि
प्युठानमा थप ३ जनामा कोरोना पुष्टि
Advertisement
तपाईको प्रतिक्रिया