सुुुनवल।।पश्चिम नवलपरासीमा बिहिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सरावल गाउपालिकाका ६ जना, प्रतापपुर गाउपालिकाका ३ जना र रामग्राम नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय का प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । सरावल वडा न. १ मा ६५ बर्षिया महिला, वडा नं ४मा १७ र ४८ बर्षका पुरुष तथा ४६ र ५५ बर्षिया महिला मा संक्रमण देखिएको छ । त्यस्तै वडा नं ७ भुजहवा स्वास्थ्य चौकीका ५३ बर्षिय एक स्वास्थ्यकर्मिमा पनि कोरोना पुष्टि भएको छ । सरावलबाट भाद्र ७ गते ३३ जनाको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणको क्रममा ति ब्यक्तिहरुलाई कोरोना पुष्टि भएको हो । यसैगरि प्रतापपुर गाउपालिका वडा नं ४ का २५, ३३ र ५० बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिका वडा नं ६ पोखरापालिका ३९ बर्षिय व्यापारीमा पनि संक्रमण देखिएको छ ।