• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, फागुन ११, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ६. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ७. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ८. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ९. झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

  • १०. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

यात्रा संस्मरण : ‘त्यो धनबाङ’


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • करिब बेलुकीको ५ बज्नै आटेको थियो । झोलामा केही थान कपडा, खानेकुरा, छुट्याउनै नहुने मास्क र सेनिटाइजर बिहानै राखेका थियौं । त्यसमा धनवाङ बस्तीको माया संगाल्ने सानो डायरी त छुट्याउनै भएन ! धनवाङ मेरो पहिलो यात्रा थियो । धनवाङको बारे मैले सुनेको ‘धनवाङ जनजातिको बस्ती अनि त्यसमा पनि प्यूठान जिल्लाको खुल्ला दिशा मुक्त, पूर्ण अनिवानी परिवर्तन घोषणामा पहिलो र नमुना होमस्टे सञ्चानल भएको गाउँ’ रोल्पा र प्यूठान छुट्याउने दोबाटो जस्पुर बजारबाट म अनि मेरो सहयात्री राधिकासंग मोटरसाइकलको यात्रा धनबाङ तर्फ मोडियो । करिब २५ किलो मिटरको कालोपत्रे बाटो । तल माडी नदि खुब बटारिदै आफ्नै बेगमा हुइकिदै थियो । नदिको किनारै किनार माथितिर फर्केर हेर्दा ठुल्ठुला पहाड, हरियो जंगल र, फेदैमा लह लह झुलिरहेका धानका बालाले चुम्बन गर्ला जस्तो नुघिरहेको थियो । कालोपत्रे घामले तात्तिएर उष्र्ण गर्मी सकिएपछि केही समय हामी बाटुले स्थित धनबाङखोलाको किनारमै रोकियौं । अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा घेरिएको ठुला ठुला पहाडबाट बहकिएको भेषमा सुई सुई सुलेली हाल्दै बीच बीचमा भेटिने स–साना नदिहरु बगिरहेका दृष्य । हरियाली पहाडमा राज गरिरहेको चिसो बताससंगै बडारिदैं सुसाउदैं बगेका ति स–साना नदिहरुसंग मितेरि गास्ँदै हाम्रो यात्रा धनबाङ तर्फ मोडियो । भर्खरै सम्पन्न भएको कच्चि मोटरबाटो करिब आठ किलोमिटर मोटर साइकलमा हाम्रो यात्रा गन्तव्य तर्फ धकेलियो । नदिको किनारै किनार । धानको बाला लह–लह झुलिरहेको थियो । यात्रामा विभिन्न व्यक्तिहरु महिला, पुरुष, बाल बालिका, र बृद्धबृद्धा संगै भलाकुसारी गर्दै रोचक र रौनक बन्दै थियो ।

    Advertisement

    धनबाङको धर्म संस्कृति, भेषभुषा, चलचलन, रितिरिवाज र जीवनशैली बारे बुझ्न म उत्साहित थिए ।

    पडाही क्षेत्रका नालीबेली परेका घुमाउरा बाटो हुंदै आखाभरी मनोरम दृष्यहरुलाई संगाल्दै जसरी नदि गन्तव्यमा पुग्नलाई निरन्तर दौडी रहेको हुन्छ हाम्रो पनि त्यस्तै एकनासको बेग थियो । जतिजति साँझ झमक्क पर्दै थियो त्यती– त्यति नै चिसो बढ्दै थियो । बाक्ल्लो जंगल भित्र लुकेर हेरिरहेका ठुला ठुला पहराहरुले हामीलाई स्वागत गरिहेका जस्ता दृष्य देखिन्थे । मिठो आवाज सुनाउदै आफ्नै धुनमा बगिरहेको नदिलाई हाम्रो कोमल पाइलाहरुले कुल्चिदै यात्रा अघि बढेकै थियो । गाउँमा हामीलाई स्वगत गर्न आतुर रहेका तुकमान काकाले पटक पटक फोन गर्दै हालखबर बुझ्दै हुनुहुन्थ्यो । जति हामी धनबाङ पुग्न आतुर थियो त्यो भन्दा बढि उहाँले हामीलाई स्वगत गर्न आतुर हुनुहुन्थ्यो । मेरो धनबाङको यात्रा पहिलो थियो । त्यसमा पनि उनीसगंको यति स्वतन्त्र भएर जिन्दगीको राम्रा नराम्रा कुराहरु र भविष्यका काल्पनिक संसारमा रमाउदैं बिच बिचमा थकान विसाउदै । सेल्फी लिदैं, बोतलको पानी पिउदैं, घरबाट लिएका कोशेलीको पोको खोल्दै भोक मेटाउदैं थियौं । जब दिनलाई धकेल्दै रात छिप्पिदै थियो तब हाम्रो यात्रा पनि कठिन हुंदै गयो । दुइ दिन अघि मात्रै नदिको किनारै किनारबाट खनेको बाटो, ठुल्ठुला पहाड खोपेर, खोँच पुरेर, उकाली ओराली र ति अफ्ठ्याहरुलाई चुनौति दिंदा, लाग्थ्यो जीवनका केही भोगाइहरु मध्ये यो यात्रा पनि एक हो । पहाडबाट झरेको नदिको बहावलाई छिचोल्दै जादाँ कैयौ ठाउँमा उनीलाई दौडाउदै, मोटरसाइकल धकेल्न लगाउदैं म एक्लै नदि वारपार गरिरहेको थिए ।

    यतिकैमा मैले उनीलाई जिस्काउदै भने ‘मोटर धकलेको जस्दै मेरा जीवनका चुनौतीहरु पनि यसरी धकेल्दै जाउ’ ‘थकान र भोकले मलिन अनुहार मै तिर फर्काउदै, आँखामा आँखा मिलाउदैं, मन्द मुस्कान नै उनको जवाफ काफी थियो ।’

    द्धन्द्धकालमा अलिक गाउँ बस्न अफ्ठ्यारो भएर रंगिन सपनाहरु बुन्दै घरदेखि कोही भारत त कोही मरुभुमिमा धकेलिएका बाआमाको काख रित्याउदैं परदेश होमिएका केही युवाहरु लक डाउनको कारण गाउँ फर्किएका रहेका रहेछन् । केही बेर ति युवासंगहरु संग गफिदै उनीहरुसंग बिट मार्दै यात्रा अघि बढिरह्यो । नदिलाई विदाइ गर्दै जब गाउँको फेदमा पुग्यौ । केही समय अघि पहिरो झरेर बाटो नै बन्द भएको रहेछ । फेरी तुकमान काकालाई फोन ग¥यौ । केहीबेरमा काकाले गाउँका ४ जना युवाहरुलाई सहयोगको लागि हामी भएकै ठाउँमा पठाउनु भयो । केही छिन रोकिएको हाम्रो यात्रा ति युवाहरुले बाटो खोलिदिएपछि हाम्रो यात्रा अघि बढ्यो । साझको करिब आठ बज्नै आटेको थियो । हाम्रो लखतरान शरिर बोकेर गाउँपुग्दा लाग्थ्यो बेग्लै संसारमा पाइला टेकेको जस्तो । सफा गाउँ, चिसो बतास, एकैप्रकारका चिटिक्कका खरले छाएका घरहरु, मेहनती हातहरु । हाम्रो शरिरको थकान नमेटाउदै, बोकेको झोला नविसाउदै, लामो सास फेर्न नपाउदै संगै आँगनको डिलमा मुस्कुराई रहेका फुल टपक्क टिपि, सानो थालीमा अविर बोकेकी सानी नानीले मुस्कुराउदै जब हामी नजिक आइन र भनिन ‘हाम्रो धनवाङमा स्वागत छ ।’ निम बहादुर काकाको होमस्टेमा थकान मेट्दै, चिया पिउदै, बोकेको ठुलो झोला विसाउदै,केही भलाकुसारीसंगै एकैछिन विश्राम लियौं । धनवाङमा छोटो दुरीमा गाउँनै समेट्ने गरी बनाइएको नदिको किनारै किनारबाट खुलेको नयाँ मोटरबाटो पुगेपछि धनवाङवासीको खुशीयालीको रौनक बेग्लै थियो । सहयात्री राधिका भुसाललाई केही अघि तुकमान रोकाले फोन गरी गाउँनै आएर रिर्पोटिङ गर्न आग्रह गरेपछि मलाई पनि धनवाङ पुग्ने अवसर मिल्यो । मोटरबाटोसंगै स्थानियहरुले फलाएका तरकारी, टमाटर, टिमुर खेती, सुन्तला खेती, सामुहिक अगरबत्ति उत्पादनका कुरा र समग्र धनवाङको बारेमा समाचार तयार पार्नका लागि एकैठाउँ भेला भएका स्थानियहरु लकडाउन पछि बैदेशिक रोजगार गुमेसंगै गाउँ फेर्केका जोसिला युवाहरुसंगै धेरै बारे भलाकुसारी ग¥यौं । करिब रातीको १० बज्नै आँट्दा उहाहरुसंग भोली बिहानै भेट्ने बाचासंगै बिटमा¥यौं । मेरो होमस्टेको बसाई पहिलो थियो त्यो पनि उनीसंग । उता भान्सामा पर्खिरहेका परिकारहरु, लोकल कुखुरा, आफ्नै बारीमा फलेका काक्रा, साग, अकबरे कुर्सानी, टिमुर मिसाइएको अचार, ढिडो सायद मेरो पहिलो भोजन थियो । हातमुख धोइ विश्रामका लागि जब हामी कोठा भित्र जानै लागेको बेला निम काकाले सुटुक्क विस्तारै मलाई भने ‘कोठा दुईवटा दिउ ?’ मेरो केही छिनको हाँसोपछि मैले जवाफ फर्काए ‘हामी श्रीमान श्रीमति हौं, लकडाउनै समयमा हाम्रो बैबाहिक सम्बन्ध जोडिएको थियो ।’ काकाको लामो हासो पछि बधाइ दिदै आफ्नै कोठा तर्फ लागे । हामी पनि भित्र पस्दा, सफा कोठा, सानो टेबल माथि पानीको बोतल र एकछेउमा सजाइएका फुलको झुप्पा । केही राम्रा कुरा, केही नराम्रा कुरा, केही विगतका कुरा केही वर्तमानमा कुरा र भविश्यका रंगिन सपना, योजना र मिठामिठा कुरागर्दै निद्रादेवीको काखमा पुगिएछ ।
    विहानीको उदाउदो सुर्य किरणसंगै हाम्रो आँखा भर्खरै खृुुल्दै थियो । उता तुकमान काकाको फोन बज्यो । हामी फे्रस भइ तुकमान काकाकोे घरपुग्यौं । झट्ट घर हेर्दा सानो चिटिक्कको आगँनमा फुलै फुल फुलेको, रातोमाटो र गोवरले लिपेको छेउमै सानो धारामा सावुन पानीले हात मिचिमिचि धोइ हामी उहाँको गृह प्रवेश ग¥र्योै । उहाँले आफ्नै बारीका फलेको कलिलो काक्रा लिइ चरेसको थालीमा मुस्कुराउदै दिनु भयो ।

    र,भन्नु‘साझँको बसाई कस्तो लाग्यो?’‘हामीले एउटै स्वरमा बोल्यौं गजव ।’

    काकाले स्टिलको गिलासमा कागती रस राखी चिया दिनु भयो । चिया पिउदै केही बेर गफिदै हामी काकाको घरबाट बिट मा¥यौं । होमस्टे सञ्चालन समितिका उपाध्यक्ष निम बहादुर पुन र तुममान काकासंगै हाम्रो पाइला धनबाङगाउँ अवलोकनमा अघि बढ्यो । निम बहादुर काकाले गाउँमै महिलाहरुले अगरबत्ती उत्पादन गरेको ठाउँतर्फ लैजानु भयो । तल गाउँको फेदमा विगत ७ बर्षदेखि सामुहिक रुपमा अगरबत्ती बनाएर बिक्रि वितरण गर्दै आएका रहेछन् । सुरुमा १० जना महिलाहरु समुहमा आवद्ध भई व्यवसाय सुरु गरेका रहेछन् । उनीसंगै बसेर अगरबत्ति बनाउदै गरेकी चुमा पोख्रेलले स्थानिय सरकार प्रति गुनासो राख्दै अगरबत्ती बनाउँदा प्रयोग हुने सिन्का चिर्ने, बेल्ने मेसिन र कबर खोल छपाईमा सहयोग गरेमा छोटो समयमा कम लगानीमा धेरै उत्पादन गर्न सकिने र सस्तो पनि पर्ने हुदाँ आफुहरुको व्यवसाय फस्टाउदै जाने उनीले बताइन । त्यसै बखतमा चिया पिउदैं उनीहरुको मनभरीको गुनासो सुन्दै दुइ पाकेट अगरबत्ति कोशेली झोलामा राख्दै फेरि भेट्ने बाचा गर्दै हामी विदा भयौं । हामी माथि उक्लदै गर्दा भिरालो परेको ठुल्ठुला पाटा देखिए । वरिपरि लटरम्म फलेको टमाटर । हुर्कीदै गरेको भाण्टा । एका छेउतिर रामझाम परेको फुल खेल्दै गरेको सिमि र सानो गोरेटोबाटो माथिपट्टी बन्दा काउली ।

    बारीको बीचैमा पाक्दै गरेको टमाटरलाई एक दम्पतीले स्याहार गर्दै गरेको दृष्यमा हाम्रो नजर पुग्यो ।

    यो कुनै कथा नभइ शिवलाल दाजुका दम्पतीको मेहेनत रहेछ । एकछिनको गनथन पछि दाजुले मनपेट खोलेर भारत बस्ता साउले गरेको नमिठो व्यवहारपछि आफ्नै गाउँमा केही गर्नुपर्छ भनि गाँउ पसेको शिवलालले अहिले ६ रोपनी जग्गामा व्यवसायीक खेती गरेको विभिन्न जातका तरकारी र टमाटर देखाउदै खुसी साट्दै हामी एकछिन गफियौं । वैदेशिक रोजगारबाट फर्किएपछि तरकारी खेती, काठमा मिस्त्री काम गर्दै आएका निम बहादुर रानाले पछिल्लो समय व्यवसायीक टिमुरखेती सुरु गरेको हामीले थाहा पायौं र हामी उनको टिमुर खेतीबारीमा पुग्यौं । केही छिनको भलाकुसारी पछि उनले आफ्नै ठाउँमा दुःख गरेर पनि पारिवारिक खर्च चलाउन सकिने हँुदा यूवाहरुलाई सकभर वैदेशिक रोजगारीमा नजान आग्रह समेत गरे । भर्खरै २७ वर्ष टेकेका निम बहादुरले करिब १० वर्ष विदेशमा बसेर दुख्ख गरी कमाएको पैसा आफ्नै ठाउँमा उत्पादनशील क्षेत्रमा लगाएमा आर्थिक उन्नती हुन सक्ने हामीलाई सुनाए । परिवारको साथमा मिठो मसिन खाएर आफ्नै माटोमा पसिना बगाउदा दुख्ख थकान भन्दा बढि आन्नदको अनुभुति भइरहेको खुसी हुदै सुनाए । त्यस्तै करिब ६ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका पटमान काकासंग भेटिन पुग्यौं । उमेरले ६० वर्षीय कटेका रहेछन् । हेर्दा मोटो शरिर, शिरमा ढाका टोपी, केही फुलेका कपाल र दाह्री, भुतपूर्व इन्डियन रिटायर हल्दार रहेछन् । पहिलो श्रीमति वितेपछि दोस्रो विहे गरेका काका खुब चन्चल थिए । जब धनबाङको एकदिने बसाई समाप्त भयो तब गाउँघरको सम्झना मात्र बोकेर विदाई हुने दिन आयो । उता शहर भिडभाड छ । मान्छेहरुको भिड उस्तै छ । शहरमा दैडिरहने सवारी साधन उस्तै छन् ।

    तर, धनबाङ विल्कुलै फरक छ ।

    स्वर्गद्धारीको काखमा रहेको धनबाङ, झमक्क साझँ परेको बेला पल्लो गाउँमा बलिरहेको बत्ति हेर्दा आकाशमा तारा चम्किरहेको अनुभुति दिलाई रहने त्यो गाउँबाट पुनः भेट्ने बाँचा सहित बिदाईका हात हल्लाई हामी फर्कियौं ।

     

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    • ६.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    भर्खरै

    • १.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • २.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ३.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ४.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ५.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ६.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ७.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ८.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation