• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

प्रहरी युक्ति तालिम महाविधालयले मनायो ५ औं स्थापना दिवस


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित जर्घामा रहेको प्रहरी युक्ति तालिम महाविधालयले शुक्रबार ५ औं स्थापना दिवस मनाएको छ । काठमाडौंबाट २०७२ सालमा स्थानान्तरण भएको प्रहरी युक्ति तालिम महाविधालयको वि.स.२०७४ साल साउन २३ गते तत्कालीन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए । स्थापना कालदेखी हालसम्म सो विधालयले प्रहरी निरीक्षक ४ सय ६४ जना, प्रहरी नायव निरीक्षक १६ जना, प्रहरी सहायक निरीक्षक १ हजार ४ सय ८३ जना, प्रहरी हवल्दार २ सय १९ जना र प्रहरी जवान ३ हजार ९ सय २३ जना गरि कुल ६ हजार १ सय ५ जना प्रहरीलाई दीक्षित गरिसकेको छ ।५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले महाविधालयलाई शुभकामना मन्तव्य दिदै नेपाल प्रहरीलाई आम नागरिकले शक्तिकेन्द्रको रुपमा मात्र नभएर साथिको रुपमा जनताले सोच्नुपर्नेमा जोड दिए ।उनले भने “शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न जनताले पनि प्रहरीलाई साथ र सहयोग गर्न सकेमात्रै देशमा शान्ती सुव्यवस्था कायम हुन्छ” । त्यस्तै नेपाल प्रहरी पनि आदेशले चल्ने भन्दा पनि प्रतिबद्धताको दिशाबाट अगाडि बढ्दै जनमैत्री बन्न आग्रह गरे ।उनले प्रहरी युक्ति तालिम महाविधालय परिसरमा स्थापना भएको सर्प दंश उपचार केन्द्रले नवलपरासी जिल्ला र छिमेकी जिल्लाका बिरामीको उपचारमा पुर्याएको सेवा र कोभिड-१९ को रोकथामका लागी जिल्लामै पहिलो पटक १ सय बेड क्षमताको क्वारेन्टाइन सेन्टर निर्माणका लागी बिधालयले देखाएको सक्रियताको प्रशंसा गरे ।
    सोहि कार्यक्रममा महाविधालयले प्रकाशन गरेको “युक्ति दर्पण २०७७” को पहिलो संस्करणको प्रमुख जिल्ला अधिकारी मार्फत लोकार्पण गरिनुका साथै विधालयले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको खेलकुद कार्यक्रमका विभिन्न बिधामा सहभागी बिजेतालाई पुरस्कृत समेत गरिएको थियो ।
    त्यस्तै सोहि विधालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुंवरले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद व्यक्त गर्दै सो महाविधालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भैतिक पूर्वाधार नभई सकेको र प्रहरी संगठन र तिन तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी ३ वर्ष भित्र देशकै नमुना प्रहरी तालिम केन्द्र बन्ने विश्वास व्यक्त गरे । “जनातासामु शासक नभएर सेवकको रुपमा लोकतान्त्रिक पद्धति मार्फत कर्तव्यनिष्ठ भएर पेशामा अगाडी बढेका छौं” उनले थपे “तालिमकेन्द्रबाट आफुहरुले तालिम सगसङ्गै अन्य समयमा विपद व्यवस्थापन र न्यूनीकरणका लागी समेत स्थानीय क्षेत्रमा अग्रसर भएर लागेका छौं” । कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख लगाएत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

    Advertisement

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...