कामना डेली, पश्चिम नवलपरासी। शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीको आयोजनामा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेबिसंघले पावर नेपालसंगकाे सहकार्यमा विपि स्मृति भवन परासीमा रक्तदान सम्पन्न गरेको हो ।रक्तदानमा २० जनाले सहभागिता जनाएका संघले बताएको हो। कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पोख्रेलले काेराेना महामारिका कारण रगत अभाव भएकाे यो अवस्थामा नेबिसंघले रक्तदान गरेर पुर्ण्य कार्य गरेकाे बताउनु भयाे ।
नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेसका जिल्ला सचिव विक्रम यादव, प्रवक्ता कुलदिप प्रसाद अाचार्य लगाएतका नेताहरु सहभागी थिए। सो अवसरमा शिखर पुरुष गिरिजाप्रसाद काेईरालाकाे जिवनी तथा नेपालकाे राजनितीमा उहाकाे भुमिका विषयमा चर्चा समेत भएको थियाे ।
कार्यवाहक सभापति पाेखरेल, जिल्ला सचिव कुलदिप अाचार्य, जिल्ला सदस्य बिरेन्द्र कुमार अग्रहरि लगायतले रक्तदान गर्नु भएकाे थियाे ।