– बिजय बिश्वकर्मा । कुनै एउटा पहाडी जिल्लामा ठुले साहु थिए रे, त्यो कुनै एउटा जिल्ला जुनसुकै प्रदेशको पनि हुनसक्छ । साहु त्यसै साहु भएका हैनन । ब्यापार गर्ने कला धेरै थियो रे । उनको पसल बजारमा भएपनी आजभन्दा ४०/५० बर्ष पहिले नै उनी होम डेलिभरी गरिदिन्थे रे । ‘रे’ किन जोडेको छु भने मैले सुनेका कुरा हुन ।
भदौ महिनातिर दुई चार भरियालाई काचो कपडा बोकाएर गाउतिर ब्यापारको लागि हिडथे रे । गाउमा आम्दानीका स्रोत कन हुन्छन । केही ब्यक्ति गोर्खा पल्टन तिर भर्ती भएका होलान नत्र धेरै त दिल्ली तिर नै लाहुरे हुन जाने त हुन । गाउमा जाने अनि ४/५ घरका बीचमा भारी राख्ने । सबैले नगदै किन्न सक्ने अवस्था हुदैन । ठुले साहु भन्थे रे ए काले तैले यो दशैमा कपडा फेर्दैनस ? कालेले जवाफ दिन्थ्यो रे हजुर पैसा छैन कहाँबाट फेरु । ठुले साहु भन्छन तलाइ डाम्ना म हुदाहुदै केको चिन्ता गर्छस तो, तैले नफेरेपनी तेरा सानबानलाइ त फेर्दे यी बाल्खाहरुको मन कति खुशी हुन्छ । अब हजुरले नै यसो भनेसी त किन नफेर्दाहुम र म र कालिलाइ पनि राखिदिनुस । पैसाचाही जेठो लाहुरबाट आउला र गरम्ला कालेले भन्थ्यो रे । निम्नकोटिका कपडा उधारोमै बिना वार्गेनिङ्ग बिक्री हुन्थे । हरहिसाब खातामा टिपोट हुन्थ्यो । अ काले भाका चाहिँ श्रीपन्चमी सम्म हो है । उति टाढा नपुराम्ला करे जेठो दशैमा आउचु भन्या छ तिहार अघि नै पुराम्न आम्ला मै आफै कालेले जवाफ दिन्छ । साहुले यस्तै तरिकाले ५/७ गाउका कालेहरुलाई कपडा बिक्री गर्थे । लाहुरको धन पाहुर, छोराहरु त आउथे तर बाकी पैसा तिर्ने हुति सबैको हुदैनथ्यो । श्रीपन्चमिको आसपास ठुले साहु घोडा चढेर बहिखाता बोकेर गाउँ डुल्थे । तिर्न नसक्नेहरुलाइ तमसुक बनाउथे । तमसुक बनाएपछि ब्याजको स्याज जोडेर पछि जग्गाको लालपुर्जा नै आफ्नो गराउथे रे । सुरुमा उधारो किनेका गरिब दुखी हरु झन गरिब भएका थिए । ती ठुले साहु जिवनको उत्तराध्रमा त सबैभन्दा ठुला समाजसेवी कहलिएका छन रे ।
यो त भो ठुले साहुका कुरा, अहिले बिश्वलाइ हायलकायल पारेको कोरोना पनि ठुले साहु नै हो । कोरोना एक ठूलो ब्यापार हो । कोरोना विकसित देशहरुको राजनीति हो । अरुलाइ हानेको निशाना आफैतिर फर्किएको हो । गरिब देश लाई झन गरिब बनाउने मानव सृजित ब्यापार हो । अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैक, बिश्व स्वास्थ्य संगठन लगायतका सस्थामा अहिले रकम प्रसश्त छ । त्यो रकम गरिब देशहरुलाइ अनेक स्वार्थ मान्न बाध्य गराएर ऋणको रुपमा दिनु छ । परामर्शदाता लगायत उच्च उच्च पदमा आफुले रोजेका चाहेका ब्यक्तिलाई जागिर दिनु छ । विकसित देशहरु जनताको स्वास्थ प्रती बढी संबेदनसिल छन । ती देशमा औसत आयो बढी छ । उनीहरुले वृद्ध बृदा लाई स्याहार सुसार गर्न ठूलो रकम राज्यकोषबाट खर्च गर्न बाध्य छन । बिकसित देशमा कोरोनाबाट मर्ने बढी उमेरका नै छन कतै राज्यकोषलाई भार नपार्नको लागि कोरोना भाइरस बनाइएको त हैन? कोरोनाको नाममा ठूलो ब्यापार छ । सुरुमा मास्क र सेनिटाइजर को व्यापार, पिसिआर र आरडिटी किटको व्यापार, परिक्षण मेसिनको व्यापार । पहिल्यै हाउगुजी बनाइदिएपछी त उपचार गराउनेले पनि जोखिम भत्ता बिना काम गर्दैनन । कीट, मेसिन किन्दा, पिपिइ कपडा, औसधि किन्दा, भत्ताको ब्यबस्थापन गर्दा, आइसोलेसन र क्वारेन्टाइन को ब्यबस्थापन गराउदा नेपाल जस्ता देश थला परिसके । रोकथामका उपाय सामान्य छन तर अत्यन्तै ठूलो हाउगुजी बनाइएको छ । प्रधानमन्त्रीले नै बेसार र तातोपानीले नै ठिक हुन्छ भनेपछि हामी ढुक्क हुनुपर्छ । काल आएपछि मर्ने मरिनै हाल्छन । मुटुरोगी, किडनी रोगी क्यान्सर दम र कलेजो रोगी लाई जबर्जस्ति किन कोरोनाको टयाग भिराइन्छ । मान्छे जति धेरै मर्यो उति धेरै पैसा खर्च गर्न पाइने हो कि?
आजभोली त मलाइ यस्तो लाग्छ् ठुले साहुले जबर्जस्ती सामान भिराएर जग्गा हडपे झै केही देश र सस्थाले कोरोनाको नाममा गरिब देशको स्रोतसाधन हडप्ने योजना बनाएका छन ।