राम बहादुर बिश्वकर्मा, प्यूठान। जिल्लाको मल्लरानी गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माएकी छन ।
मल्लरानी गाउँपालिका वडा नम्बर ४ स्थित खलंगा जनजागृती मा.वि. कसेरी क्वारेन्टाईनमा रहनुभएकी १८ वर्षिय सिता खड्काले छोराको जन्माएको वडा अध्यक्ष कुमार श्रेष्ठले बताए ।प्राथमिक स्वास्थ्य प्रमुख सान्त रोकाले सितालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी ल्याईएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।डाक्टर रोकाका अनुसार सुत्केरीको आरडिटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परिक्षणको रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमै राखिने छ । मल्लरानी गाउँपालिका – ४ कसेरी कि सिता भारतको पन्जाबबाट ७ दिन पहिले श्रीमानसँगै गृह जिल्ला आइपुगेकी थिइन् ।
गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने र पोषणको आबश्यकता पर्ने हुँदा पालिका स्तरीय स्वास्थ्य इकाईले ब्यबस्थापन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
प्यूठानमा १८ वर्षीया महिलाले जन्माईन क्वारेन्टिनमै छोरा
प्यूठानमा १८ वर्षीया महिलाले जन्माईन क्वारेन्टिनमै छोरा

Advertisement
तपाईको प्रतिक्रिया