• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

धमिलो पानी खान स्थानीय बाध्य, खानेपानी समिती भन्छ : ‘बजेटको अभाव छ ।’


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।स्वच्छ र सफा खानेपानीको सहज आपूर्ति आफ्ना नागरिकका लागी घरघरमा पुर्याउनु राज्यको प्रमुख दायित्व हो भने सफा पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । तर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ र १२ का स्थानीय बासिन्दाहरु हरेक वर्ष बर्खायाम सुरु भएदेखी दुसित पानी खान बाध्य छन् ।

    Advertisement

    सुनवल नगरपालिकाको वडा न ११ मा पर्ने रामनगर बृहत खानेपानी संस्थामा आवद्ध केरवानी, जर्घाहा, प्रतापपुर र भुमहीका झन्डै १ हजार घरघुरिले हरेक वर्षको बर्खायाम सुरु भए देखी धमिलो पानी पिउनुपर्ने बाध्यतामा छन् । वडा न ११ मा पर्ने जगिकुटी खानेपानीको मूलबाट वितरण हुँदै आएको खानेपानीमा यस्तो समस्या देखिएको हो । वडा न ११ का स्थानिय गोपाल घिमिरे “हरेक वर्ष बर्खासुरु भए लगत्तै धारामा धमिलो पानी आउने गरेको र त्यहि पानी आफूहरु पिउन बाध्य रहेको” बताउछ्न । त्यस्तै अन्य स्थानीयहरुले पनि बेला बेलामा सामाजिक सञ्जालको प्रयोग मार्फत धमिलो खानेपानी वितरण गरेको भन्दै खानेपानी उपभोक्ता समितिप्रति रुष्ट देखिन्छन् । सोहि खानेपानीको मर्मत सम्भारका लागी भन्दै चालु आर्थिक वर्षमा मात्रै सुनवल नगरपालिकाले २० लाख रुपैयाँ र खानेपानी डिभिजन कार्यालय बुटवलबाट ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । सो रकम रामनगर बृहत खानेपानी आयोजना सस्थाले योगिकुटिमा मुहान थप, ट्याङ्की मर्मत संम्भार, सरसफाई तथा रङरोगनका निमित्त खर्चिएको सोहि संस्थाका उपाध्यक्ष बिष्णु अर्यालले बताए । उनले भने “स्थानीयले धमिलो पानी पिउन बाध्य भएको यथार्थ हो । हरेक बर्खायाममा यो समस्या देखिदै आएकोमा आफूहरु पनि गम्भीर छौं ।” तर आफूहरुले चासो देखाउंदा देखाउंदै पनि बजेट अभावमा समस्या समाधान हुन नसकेको उनको तर्क छ । उनका अनुसार जोगिकुटी खानेपानीको मूल मुहान २ पहाडको बिचबाट बग्ने हुँदा भौगोलिक असहजताका कारण त्यसलाई सिधै ३ किलोमीटरको दुरीसम्म बांध बनाएर ट्याङ्कीमा पानी संङ्कलन गरिएको छ । सो बांधबाट बगेको पानीमा पहाडबाट बर्खायाममा पहिरो खस्ने तथा फोहोर पानीको भेल सिधै बांधमा मिसिन आएको र बांधमार्फत संङ्कलन गरिएको पानीको ट्याङ्कीमा फिल्टर जडान गर्न बजेटको अभाव भएकाले उक्त समस्या समाधान गर्न नसकिएको उनको भनाई छ । उनले सो समस्या समाधान गर्नकालागी मात्रै झण्डै साढे २ करोड बजेटको आवश्यक पर्ने बताए । साथै उनले निकट भविष्यमा सो समस्या समाधानका लागी नगरपालिका पनि सकारात्मक भएको जनाउदै प्रदेश र संघिय सरकारले पनि यसबारे चासो देखाउन आग्रह गरे ।
    त्यस्तै सुनवल ११ भंडरीमा कार्यालय रहेको अंधेरी खोला खानेपानी संस्थामा आवद्ध झन्डै ८ सय सेवाग्राही पनि गत बैशाख देखी दुर्गन्धित पानी पिउन बाध्य भएका छन् । सो खानेपानी संस्थामा पनि बिगतका वर्षहरूमा बर्खायाम सुरु भएसङ्गै धमिलो पानी आउने समस्या व्याप्त थियो । सोहि समस्या समाधानका लागी भन्दै संस्थालाई चालु आर्थिक वर्षमा नगरपालिकाको डिपिआर सहित २५ लाख रुपैयाँ बजेट र प्रदेश ५ सरकारको १५ लाख रुपैयाँ बजेट अनुदान सहयोग मार्फत पाइप बिस्तार, इनटेक ड्याम निर्माण, चेम्बर जडान, फिल्टर जडान तथा सरसफाइ र मर्मतका लागी बिनियोजन गरिसकेको र सो सबै निर्माणमा ५० लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएकोमा नपुग रकम प्रदेश ५ सरकारले सहयोग गर्ने सहमती भएको सो सस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । सो निर्माण पछि धमिलो पानी आउने समस्या झन्डै ८० प्रतिशत न्यूनीकरण त भयो तर त्यसलगत्तै पानीमा गन्ध आउने समस्या थपिएको छ । श्रेष्ठका अनुसार पानीको मुहानमै कुनै दुर्गन्ध छैन तर मुहान वरिपरि रहेको जलुका झार रहेकाले सोहि झारबाट दुर्गन्ध आएको उनको भनाई छ ।

    यससङ्ग सम्वधित विज्ञ पनि प्रत्यक्ष पानीको मुहानमै पुगेर त्यसको अवलोकन गरेको र नयाँ पाइप बिस्तार र चुनको मात्रापनी पानीमा बढी रहेकाले सो समस्या आएको हुन सक्ने बिज्ञले आफुहरुलाई वताएको श्रेष्ठको भनाई छ । सुरुवाती दिनमा भन्दा पछिल्लो दिनमा पानीको दुर्गन्धमा कमि आएको र विस्तारै सो समस्या आफै समाधान हुने श्रेष्ठले वताए ।

    फाईल फोटो

    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation