• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

धमिलो पानी खान स्थानीय बाध्य, खानेपानी समिती भन्छ : ‘बजेटको अभाव छ ।’


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।स्वच्छ र सफा खानेपानीको सहज आपूर्ति आफ्ना नागरिकका लागी घरघरमा पुर्याउनु राज्यको प्रमुख दायित्व हो भने सफा पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । तर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ र १२ का स्थानीय बासिन्दाहरु हरेक वर्ष बर्खायाम सुरु भएदेखी दुसित पानी खान बाध्य छन् ।

    Advertisement

    सुनवल नगरपालिकाको वडा न ११ मा पर्ने रामनगर बृहत खानेपानी संस्थामा आवद्ध केरवानी, जर्घाहा, प्रतापपुर र भुमहीका झन्डै १ हजार घरघुरिले हरेक वर्षको बर्खायाम सुरु भए देखी धमिलो पानी पिउनुपर्ने बाध्यतामा छन् । वडा न ११ मा पर्ने जगिकुटी खानेपानीको मूलबाट वितरण हुँदै आएको खानेपानीमा यस्तो समस्या देखिएको हो । वडा न ११ का स्थानिय गोपाल घिमिरे “हरेक वर्ष बर्खासुरु भए लगत्तै धारामा धमिलो पानी आउने गरेको र त्यहि पानी आफूहरु पिउन बाध्य रहेको” बताउछ्न । त्यस्तै अन्य स्थानीयहरुले पनि बेला बेलामा सामाजिक सञ्जालको प्रयोग मार्फत धमिलो खानेपानी वितरण गरेको भन्दै खानेपानी उपभोक्ता समितिप्रति रुष्ट देखिन्छन् । सोहि खानेपानीको मर्मत सम्भारका लागी भन्दै चालु आर्थिक वर्षमा मात्रै सुनवल नगरपालिकाले २० लाख रुपैयाँ र खानेपानी डिभिजन कार्यालय बुटवलबाट ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । सो रकम रामनगर बृहत खानेपानी आयोजना सस्थाले योगिकुटिमा मुहान थप, ट्याङ्की मर्मत संम्भार, सरसफाई तथा रङरोगनका निमित्त खर्चिएको सोहि संस्थाका उपाध्यक्ष बिष्णु अर्यालले बताए । उनले भने “स्थानीयले धमिलो पानी पिउन बाध्य भएको यथार्थ हो । हरेक बर्खायाममा यो समस्या देखिदै आएकोमा आफूहरु पनि गम्भीर छौं ।” तर आफूहरुले चासो देखाउंदा देखाउंदै पनि बजेट अभावमा समस्या समाधान हुन नसकेको उनको तर्क छ । उनका अनुसार जोगिकुटी खानेपानीको मूल मुहान २ पहाडको बिचबाट बग्ने हुँदा भौगोलिक असहजताका कारण त्यसलाई सिधै ३ किलोमीटरको दुरीसम्म बांध बनाएर ट्याङ्कीमा पानी संङ्कलन गरिएको छ । सो बांधबाट बगेको पानीमा पहाडबाट बर्खायाममा पहिरो खस्ने तथा फोहोर पानीको भेल सिधै बांधमा मिसिन आएको र बांधमार्फत संङ्कलन गरिएको पानीको ट्याङ्कीमा फिल्टर जडान गर्न बजेटको अभाव भएकाले उक्त समस्या समाधान गर्न नसकिएको उनको भनाई छ । उनले सो समस्या समाधान गर्नकालागी मात्रै झण्डै साढे २ करोड बजेटको आवश्यक पर्ने बताए । साथै उनले निकट भविष्यमा सो समस्या समाधानका लागी नगरपालिका पनि सकारात्मक भएको जनाउदै प्रदेश र संघिय सरकारले पनि यसबारे चासो देखाउन आग्रह गरे ।
    त्यस्तै सुनवल ११ भंडरीमा कार्यालय रहेको अंधेरी खोला खानेपानी संस्थामा आवद्ध झन्डै ८ सय सेवाग्राही पनि गत बैशाख देखी दुर्गन्धित पानी पिउन बाध्य भएका छन् । सो खानेपानी संस्थामा पनि बिगतका वर्षहरूमा बर्खायाम सुरु भएसङ्गै धमिलो पानी आउने समस्या व्याप्त थियो । सोहि समस्या समाधानका लागी भन्दै संस्थालाई चालु आर्थिक वर्षमा नगरपालिकाको डिपिआर सहित २५ लाख रुपैयाँ बजेट र प्रदेश ५ सरकारको १५ लाख रुपैयाँ बजेट अनुदान सहयोग मार्फत पाइप बिस्तार, इनटेक ड्याम निर्माण, चेम्बर जडान, फिल्टर जडान तथा सरसफाइ र मर्मतका लागी बिनियोजन गरिसकेको र सो सबै निर्माणमा ५० लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएकोमा नपुग रकम प्रदेश ५ सरकारले सहयोग गर्ने सहमती भएको सो सस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । सो निर्माण पछि धमिलो पानी आउने समस्या झन्डै ८० प्रतिशत न्यूनीकरण त भयो तर त्यसलगत्तै पानीमा गन्ध आउने समस्या थपिएको छ । श्रेष्ठका अनुसार पानीको मुहानमै कुनै दुर्गन्ध छैन तर मुहान वरिपरि रहेको जलुका झार रहेकाले सोहि झारबाट दुर्गन्ध आएको उनको भनाई छ ।

    यससङ्ग सम्वधित विज्ञ पनि प्रत्यक्ष पानीको मुहानमै पुगेर त्यसको अवलोकन गरेको र नयाँ पाइप बिस्तार र चुनको मात्रापनी पानीमा बढी रहेकाले सो समस्या आएको हुन सक्ने बिज्ञले आफुहरुलाई वताएको श्रेष्ठको भनाई छ । सुरुवाती दिनमा भन्दा पछिल्लो दिनमा पानीको दुर्गन्धमा कमि आएको र विस्तारै सो समस्या आफै समाधान हुने श्रेष्ठले वताए ।

    फाईल फोटो

    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation