कामना डेली, बर्दिया। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोक्ने काममा सहयोग गर्नका लागी बिराट नेपाल मेडिकल ट्रस्ट ‘BNMT’ले स्वास्थ्य कार्यालय बर्दियालाई विभिन्न सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।
बिएनएमटि नेपालगञ्जका क्षेत्रीय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले २ लाख ५० हजार बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीलाई हस्तान्तरण गरेका हुन्।ट्रष्टले ३० सेट पिपिई,४ हजार सेट ग्लोभ्स,२ हजार पिस, के एन नाइन्टी फाइभ माक्स ३० पिस स्वास्थ्य कार्यालय बर्दियालाई उपलव्ध गराएको हो । जोखिम मोलेर दिनहुँ काम गर्नेहरुका लागि यी सामाग्री उपयोगी हुने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले वताए।
विगत ३ बर्ष देखि बर्दियामा स्वास्थ्य कार्यालय प्यूठानको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रण क्षेत्रमा काम गरिरहेको भन्दै उनले पहिलो चरणको कार्यक्रम अन्र्तगत सहयोग गरेको बताए।
दोश्रो र तेश्रो चरणको कार्यक्रम अन्तरगत जिल्लाभर रहेका क्षयरोगका बिरामीहरुलाई पोषणको अभाव हुन नदिन खाद्य सामग्री प्रदान गर्ने र जिल्लाभरका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने समेत जानकारी दिए।
‘बिएनएमटी’ ले बिगत पचास बर्ष देखि स्वस्थ्य र खास गरी क्षयरोगको रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा नेपालका विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।