रुपन्देही । सोमबार राती तिलोत्तमामा भएको ५ जनाको सामुहिक हत्याको घटना सेलाउन नपाउँदै मंगलबार राती रुपन्देहीमा फेरि अर्को घटना भएको छ ।
एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।गएराती जिल्लाको कन्चन गाउँपालिका वडा नम्बर १ कुचेरामा १७ वर्षीय सुदिप कुमाललाई उनका ४८ वर्षीय बाबु रिमबहादुर कुमालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्कवहादुर खत्रीले बताएका छन् । आसपास सुतिरहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाघाइते बनाएको उपचारका लागि बुटवल लैजाँदैगर्दा मृत्यु भएको उनले बताए । बन्चरो प्रहार गर्ने बावु रिम बहादुर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
बावु रिम बहादुर कुमाले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार मृतक चैत्रको पहिलो साता भारतबाट फर्केका थिए ।
रुपन्देहीमा आफ्नै बूवाले लिए छोराको ज्यान
रुपन्देहीमा आफ्नै बूवाले लिए छोराको ज्यान
Advertisement
तपाईको प्रतिक्रिया