अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक पुरुषको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ बर्षिय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यलयअर्घाखाँचीकी प्रमुख पुष्पा थापाले जानकारी दिइन।
१२ दिन अँघी भारतको महाराष्ट्रबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागी मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचार जिल्ला अस्पताल मा हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।
लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको गत २१ गते स्वाब परिक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट भने आई नसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
अर्घाखाँचीमा क्वारेन्टाइनमै एक पुरुषको ज्यान गयो
अर्घाखाँचीमा क्वारेन्टाइनमै एक पुरुषको ज्यान गयो
Advertisement
तपाईको प्रतिक्रिया