– बिजय बिश्वकर्मा
तैले बर्ग सङ्हर्ष उठाइस मानिम
तैले सुरुमै शोषित पिडितका आवाज बोलिस
तेरा कुरामा सहमती जनाइम
तैले गर्दा धेरैका रगत बगे
तैले गर्दा धेरैका कोख रित्तिए
तैले गर्दा धेरै टुहुरा भए
तर पनि परिवर्तनको लागि स्विकार गरिम
परिवर्तन को बोट रोपिम
त्यही बोटमा मलपानी खनाइम
तर अहिले बुझ्दैछु
गल्ती गरिएछ
भ्रममा परिएछ
तेरो देखाउने दात र चपाउने दात फरक रहेछ
ए रुकुम
तैले भनेको तैले ल्याउन
नेतृत्व गरेको गणतन्त्रकालमा
जब बोटमा फल लाग्ने बेला भो
जब बोटले शितलता दिने बेला भो
जब तेरा ठालुसित सवालजवाफ गर्ने दिन आयो
तब तैले कल्कलाउदा नौजवानलाई
कुटि कुटि मारिस
कुटिकुटी मारेर रसि बाधेर
भेरिमा फालिस
र फेरि झुट बोलिस
आफै हाम्फालेका हुन
म अब यति मात्र भन्छु
तलाइ धिक्कार छ रुकुम
तलाई धिक्कार छ !!
२०७७/०२/१५
Advertisement