• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ६. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ७. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

दरवारका एक्ला हेरालु : जो बेतलवी संरक्षणमा सक्रिय छन्


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्।
    नेपाल एकिकरण हुनुअघि ऐतिहासिक  भित्रिकोट राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। चौबीसे राज्य मध्ये शक्तिशाली मानिन्थ्यो भित्रीकोट राज्य। विसं १९९० को ठूलो भुकम्पले यो दरबार भत्कियो।जो अहिले भग्नावशेषमा बदलिएको छ।त्यही दरबारको रेखदेख थापामगरले गरिरहेका छन् । दरबारको काखमा रहेको सानो झुपडीमा उनि बास बस्छन । यो ऐतिहासिक दरबार हेर्न मान्छेहरु आउने जाने गरिरहन्छन् । दरबार क्षेत्रको हेरचाह गर्ने जिम्मा उनलाई छ। यिनै थापा दरवार हेर्न पुग्नेहरुलाई भित्रीकोट डुलाउछन । सोध्नेहरुलाई आफुले थाहा पाए जत्तिको यहाको इतिहास कहन्छन।दिनहुँ दरवार जाने,हेर्ने र पर्यटक डुलाउने उनको दैनिकी बनेको छ।’भित्रीकोट शक्तिको पीठ पनि भएकोले आफूले धेरै पहिले देखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गरेको थापाले बताए।”त्यो भूकम्पले दरवार भत्किएपछि यहाका हातहतियार पनि हिनामिना बनाईन थाले,कसैले पनि ख्याल गरेन्न’ उनले भने,’ दरवारको अस्तित्व मेटिन थालेपछी संरक्षणमा जुटेका हौँ।’तत्कालीन बिजुवार गाबिसले आफुलाई हेरालुको जिम्मा दिएको मगर सुनाउछन ।
    पुस्तौ देखी बेतलबी हेरालु
    डाल बहादुरका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले उनि एक्लैले दरवारको हेरचाह र संरक्षण गरिरहेकै छन। त्यो पनि बेतलबी । उनले अहिले सम्म कोहि कसैबाट पारिश्रमिक नै भनेर एक रुपैया पनि पाएका छैन्न न त केहि सेवा सुबिधा नै लिएका छन। २० बर्ष भयो दरवार रेखदेख गर्न थालेको’उनले भने, ‘बाउ बाजेकै पालादेखि नै हो,भयो तीन पुस्ता ।’ बुवा स्वर्गेबास भएपछी मैले दरवार हेर्दै छु। उनि भन्छन,’अहँ सेवा सुबिधा केहि पाईएको छैन।’
    भित्रीकोट घुम्न पुग्नेहरुले आक्कल झुक्कल दिएको सय पचास रुपैयांको भरमा उनको ७ जनाको जहान पालिएको छ।’ अब त बुढ्यौली लाग्यो काम गर्न सक्ने कुरा भएन, हात बसिसके आम्दानिको श्रोत भनेकै यहि त हो।’ उनि भन्छन,’पर्यटक आउँदा त राम्रै हुन्छ ।’अचेल कोरोनाको डरले पर्यटक आउन छोडेपछि आम्दानि पनि घटेको थापा बताउछन।प्युठान नगरपालिका बनेपछी तलब तोकिन्छ भन्ने उनलाई ठुलो आशा रहेछ।‘हाकिमले पनि उ बेला बाजे,तपाईँलाई थोरैधेरै तलब मिलाईदिउँला भनेका थिए’,उनले दुखेसो पोखे,‘यत्तिका साल काम गरेँ। खोई तलबको त अत्तोपत्तो छैन ।उनि फिस्स हाँस्छन । उता, प्युठान नगरपालिकाका प्रबक्ता लक्षमिप्रसाद राज भण्डारी भने दरवार पुननिर्माणको काम सकिएपछि सुरक्षागार्ड नै नियुक्त गर्ने योजना रहेको बताउछन।’दरवार बनेपछि टिकट काटेर हेर्न ब्याबस्था मिलाउने सोचेका छौं।’ भण्डारीले भने,’त्यसबाट जम्मा भएको आधा रकम हेरालुलाई दिने भनेका छौ।’
    त्यो राज्यको ईतिहास यस्तो
    पाल्पा देखि पश्चिमका चौविसि राज्यहरु मध्ये शक्तिसाली मानिने प्युठान राज्यको राजधानी भित्रीकोट थियो। भित्रीकोटमा तत्कालीन राजा थिए चन्द्रबंशी । त्यहीबाट प्युठानको राजकाज चल्थ्यो।त्यसबेलासम्म प्युठान राज्यको प्रशासनिक,न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । डा गितु गिरीले आफ्नो ‘प्यूठान राज्यको इतिहास’ पुस्तकमा चन्द्रवंशी राजाले भित्रीकोटमा राज्य गरेको भनेर लेखेका छन । यहा मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर,जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ।सदरमुकाम नजिकै मल्ल राजा, उदयपुरकोटमा ब्राह्मण अधिकारी राजा भए ।भनिन्छ उनिहरु सैन्य शक्ति बिहिन थिए।वि. स. १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले हमला गरेर भित्रीकोटलाई नेपाल राज्यमा गाभेको थियो । चन्द वंशीय राजाहरु युद्ध हारेपछी ती फौज भित्रीकोट छाडेर रोल्पाको क्यूरीमा गएको इतिहास पाइन्छ । भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइन्छ । यस राज्यका प्रथम राजा लटराज र १४ औं राजा रुद्रप्रताप चन्दराज हुन् ।
    कस्तो छ दरवार ?

    Advertisement

    भुरे टाकुरे राजाको पालामा बनेको यो दरबार करिब पाँच रोपनीमा फैलिएको छ।दरवार चारैतिरबाट पर्खालले घेरिएको छ । झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ ।भनिन्छ, राजाहरुले दरबारको सुरक्षाका लागि बनाएका थिए।अहिले प्रवेशद्वार भताभुङ्ग छ । प्रबेशद्धारबाट भित्र पसेपछि भित्रीकोटको प्रशासनिक भवनपनि भग्नावशेष छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखाउदै थापाले सेन्ट्रीभएको चार शूरहरू यिनै हुन भन्दै थिए।

    पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकिएको छ। स्थानियहरु घरको किल्ला वरपर खन्दा मानव कङ्कालहरू भेटिएकोले उत्खनन रोकिएको बताउछन।पाकेका इट्टा र ढुङ्गाहरू छरपस्ट छन।क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा निकै पुरानो मौलो ढुङ्गाको कापमा अडाइएको छ
    क्षेत्रपाल मन्दिर र खडगथान
    दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू जडिएका छन् ।साना ठुला घण्टहरू पनि छन् । घण्टको केही भाग टुटेफुटेको देखिन्छ । यहाको सबैभन्दा पुरानो घण्ट १८१४ मा कुवापानीका मनबिर डिठ्ठा खड्काले चढाएका थिए।खडकाकै नातीले चढाएको घण्ट पनि यहा छ। खडगथान भित्र  एउटा दमाह(बाजा र नगरा) राखिएको छ । भित्रपट्टिको कोठामा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियार छ्न । चाँदि र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे तर अहिले ती सामाग्रीहरू हिनामिना भयो भन्छन् थापामगर । ‘ हाम्ले ४ सय थान पुराना हतियारहरु छन भनेको सुनेका हौँ।’ उनले हतियार देखाउँदै भने,’ अहिले त बचेका हतियार यिनै हुन हेर्नुस ।दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा देखिन्छ।नेपाली सेनाले हातहतियारको संरक्षणका लागि सानो भवन निर्माण गरिदिएको छ।“सुन लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्ट र बहुमूल्य धातुको गजूर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो”,थापाले भने,’पुराना हतियारहरु खड्कथानको जीर्णोद्धारपछि ल्याएर राखिएको हो’यहा सिद्धेश्वरी गुफा पनि छ । थापाले तत्कालीन शासकहरूले झिमरुक नदीमा स्नान गर्न आउजाउ गर्दा यहि गुफाको बाटो गर्थे भन्ने किम्बदन्ती रहेको पनि सुनाउन भ्याए । उनि यहाको रक्तेपोखरीको किवंदन्ति पनि उस्तै रोचक रहेको सुनाउछन । भित्रिकोटमा विभिन्न चाडपर्वमा पुजाआजा गर्न स्थानीय पुग्छ्न । पछिल्लो समय यो दरबारको चर्चा चुलिदै गएपछि काठमाण्डौबाट मान्छे आएर यहाँ खनखोर्सन नगर्नु भनेर गएका छन् ,उनले भने ।’भित्रीकोट घुमफीर गर्नेहरु पनि बढेका छन। ‘यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
    दरबारले पुनर्जीवन पाउँदै
    भित्रिकोटको पर्यटन प्रर्वद्धनका लागि पहल थालिएको छ। नगरपालिकाले भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

    रक्तिपोखरी, रानी गुफा, रानी बगैंचा, खुलखुले डाँडो, रकगाडेन, दरबार क्षेत्र, थानाकोट, मुख्य भित्रीकोट क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् । प्युठान नगरपालिका ४ का वडाअध्यक्ष समेत रहेका राजभण्डारीले दरवार पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको बताए । नगरपालिकाले कूल रु १४ करोडको डिपिआर तयार भईसकेको र सोही अन्तर्गत यहा उत्खनन कार्य,पैदलमार्ग,रक गार्डेन निर्माण लगायतका काम भइरहेको उनले  बताए। उद्याेग,पर्यटन,वन तथा वातावरण मन्त्रालयबाट थप ५ लाख रकम बिनियोजन भएपछि दरबार पुनःनिर्माण गर्न ठेक्का समेत दिइएको छ। यो दरबार प्युठानकै नमुना पर्यटकीय सम्पदाको रुपमा स्थापित हुने राजभण्डारीले दाबी गरे ।

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...