• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ४. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ५. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ६. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ७. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ८. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ९. साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

  • १०. त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

ओ प्रियसि आँशु नझार्नु अब


  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
  • मणि भुषाल, बुटवल । कसैको मायांमा चुर्लुम्मै डुबिसकेको त छैन। तर कसैको साथ पाउंदाको खुःसि र एक्लोपनको आभास भने समयले पक्कै अनुभव गराएको छ। त्यसो त मुना मदनको प्रेम कहानी पनि नपढेको होईन। रोमियो जुलियटको अचुक प्रेम सम्बन्धको बारेमा पनि धेरै सुनियो, माया के हो भन्ने बारेमा आधिकारिक परिभाषा भने आज सम्म भेटाएको छैन। मेरो बुझाइमा दुइ आत्माको पबित्र मेल जसलाइ अन्तर मनबाटै महशुस गर्न सकियोस त्यो नै प्रेम हो भनेर चाहिँ बुझेको छु। मायामा चुर्लम्मै डुबेर पागल झै हास्दै हिड्नेहरुको कमि पनि त छैन दुनियामा।बलिनधारा आशु बगाउदै रुदै हिड्नेहरु पनि त छन। तिमि र म मायाको साधन हौं भने माया साध्य हो भनेर बुझेको अल्लारे हुं म। जीवन नै संघर्ष हो ,संघर्ष बिना अधुरो जीवन मायांको उस्तै भोगि रहेछ। अनि त्यहि सबै सबैको सम्बाहक थियौ तिमी। त्यसैले त अंगाले तिमिलाई अनि चैत बैशाखको हुरि जसरि बडारियौ तिमी र पछार्यौ मलाई। तिमिलाई रातो मन पर्ने अनि अाफ्नै मुटु रेटेर रगत दिन पनि पछि नपर्ने तिम्रो मायांले लिप्त बनाएको म नाथे। सबै मायां गर्नेहरुले सबै पाउंदैनन भन्ने पनि नबुझेको कहाँ होर। त्यो भन्दा बढि कहिलेकाहिं समयले पनि झुक्याउने रहेछ भनेर तिम्रा अांशुहरुले बुझाएको छ मलाई। रमिते बनेर हेर्नूको बिकल्प छैन म संग। मेरो मायांको डेरामा अर्कैले बसांई सारिसकेको छ अचेल ,मयुरका प्वांखजस्ता तिम्रा केसहरुमा अर्कै रमाईरहेको छ अचेल। सुन्छु तिम्रा मुस्कानहरुमा दन्तेलहरहरुले तालि बजाईरहेका छन अचेल। बिडम्बना तिम्रा अांशुहरुलाई तिम्रै अांखामा लगाएका गाजलहरुले पनि साथ छाड्दैछन रे। मेरो मुटुमाथि लात हानेर अर्कैसंग रमाईरहेकि तिमिलाई कुन दृष्टिले हेरूं मैले। मायांले टुहुरो बनाएर गएकि तिमी सुन्छु अचेल खुब तड्पिरहेकि छ्यौ रे। म तिमिबाट धेरै टाढा छु सुनसान किनारामा छु, अब त हाम्रो भेट सपनामा मात्रै हुने भएको छ।मेरा नयनहरुले तिम्रा नयनबाट बगिरहेका गाजलहरु देख्दैनन अचेल। त्यसैले ओ प्रियसि आँशु नझार्नु अब। आफ्नो रुपमा घमण्ड गरेकि तिमिले वर्षा याममा पनि घरहरु जल्छन भनेर बुझ्नुपर्थ्यो ,अनि दिनभरि ताल्चा बेचेर बस्नेहरुको पनि पसल लुटिन्छ भनेर बुझ्नु पर्थ्यो। समय घर्किसक्यो यो जुनिको लागि मेरो साथ गुमाईसकेकि छ्यौ। त्यसैले ओ प्रियसि अांशु नझार्नु अब।सम्बन्ध तोड्न मै पि.एच.डि गरेकि तिमिले एउटा को मन जलाएर अंगालो न्यानो राख्न खोज्दा अर्काको मनको बाढिले अंगालो चिस्याईदिन्छ भनेर किन बुझिनौ। ओ प्रियसि यस्को जवाफ दिन सक्छ्यौ मलाई ? ती सबै सबै बुझेको भए अाज तिम्रा नयनका निर्दोष गाजलहरु हरिणको गतिमा अोरालि लाग्नै पर्दैन्थ्यो होला । कसैको यादमा मुटु फुटाल्दै तड्पिनु भन्दा अाफ्नै भाग्यसंगै गुनासो गर्दै समय ब्यतित गर त्यसमै तिम्रो भलो हुनेछ। तिमी जहाँ पुगेपनि अबको तिम्रो गन्तव्य म होईन। त्यसैले अो प्रियसि अांशु नझार्नु अब। तिमिलाई देखेपछि मात्रै मेरो प्रेमको उदय भएको थियो। अब चाहेर पनि सक्दिन देख्न तिमिलाई। मलाई भत्काउन गरेका एकएक प्रयासहरु बटुलेर मायांको जग बसाउन तल्लिन तिमी ,जान्दिन दैबले किन देख्नै सकेन मायांको घर भित्र चखेवाका जस्ता तिम्रा जोडिहरु। सपनामै भएपनि एकपटक सोध्न मन छ अो प्रियसि ! म संग त्यस्तो के थिएन जो उ संग भेटेउ। मेरो मायांको धारो सुकाएर अर्कैको गाग्री भर्न हिंडेकि तिमी ,सुन्छु अचेल त्यहि धाराको चिसो पानिले पनि चिन्न छाडेको छ रे तिमिलाई। मलाई रुखमा चडाएर फेद काटेर उडेकि चरि हौ तिमि। तिमी बास बस्ने मेरा मनका हांगाहरु भांचिईसकेका छन अचेल। त्यसैले अो प्रियसि अांशु नझार्नु अब। शनिबारको दिन रातो स्कुटरमा रातो सारी लगाएर रातै अबिरले हात रङ्ग्याएर सिद्धबाबाको पुजा गर्द‌ै गर्दा , फुलको थाली मेरो हातमा थमाएर अर्कैको लागि वर मागेकि छ्यौ भन्ने कुरा बुझ्नै सकिन मैले। तर तिमिलाई समयले बुझाईदिएको छ अाज। तिमिले मेरा लागि देखाएका मायांका झुटा नाटकहरु अाज मेरो मलिन मुहारका नयनहरुमा झल्किरहेका छन। त्यसैले अो प्रियसि अांशु नझार्नु अब। मेरो मुटुमाथि लात हानेर गएका तिम्रा पाईलाहरु सुन्छु अचेल प्रत्यक सिंडिहरुमा चिप्लिरहेका छन रे ,अनि तिमिले रोजेको तिम्रो मायांको न्यायधिसले अाफ्नै पक्षमा तालि बजाउंदै छ रे। अब मैले चाहेर पनि तिम्रा रोदन का गुनासाहरु सुन्न सक्दिन। त्यसैले अो प्रियसि अांशु नझार्नु अब। अर्कैसंग लगनगांठो कस्नूभन्दा पहिल्य एकपटक मेरो भाग्य पनि कुनै दिन पश्चिम दिशामै गएर ढल्क्यो भने पश्चिममा त घाम पनि अस्ताउन मात्रै अाऊंछ रे भनेर बुझेको भए ,मेरा रुझेका परेलिहरुलाई अाफ्नो बिजयको प्राप्ती नसम्झेको भए अनि मलाई बगर मै छाडेर अर्कैको मायांको छाल संग नबडारिएको भए सायद अाज नयनका गाजलहरुले पीडा भोग्नु पर्थेन होला। तिम्रा चर्केका घाउहरुमा लगाएका मेरा मायांका मलमपट्टिले अगय भएर गएकि तिमी अचेल सहनै नसक्ने पीडा अाएपछि डांको छाड्दै छ्यौ रे। मैले चाहेर पनि अब तिम्रा अांशुहरु पुछ्न सक्दिन। त्यसैले ओ प्रियसि अांशु नझार्नु अब।

    Advertisement

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन
    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ६.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    भर्खरै

    • १.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • २.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ३.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ६.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ७.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ८.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation