ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा घाइते रतुवा (मृग) काे उपचारको क्रममा मृत्यु भएको छ । कुकुरले लखेटेर घाइते बनाएकाे मृगकाे उपचारको क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले बताएका छन् ।
मंगलवार बेलुकी ५ बजेतिर गाउँमा कुकुरले लखेटेर घाइते बनाएकाे करिव १८ किलाेकाे रतुवा उपचारको क्रममा मृत्यु भएको प्रमुख विडारीले बताएका छन् ।
स्थानीयहरूकाे खबर पश्चात् वनकाे टोली उक्त स्थानमा पुगेको थियोे । मृत्यु भएको रतुवालाई लमही सव डिभिजनको कम्पाउण्डमा गाडिएकाे वन कार्यालयले जनाएको छ ।
यस्तै मंसिर महिनामा एउटा रतुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका साहायक वन अधिकृत टेकन अाचार्यले बताएका छन् । पछिल्लो समय यता रतुवाहरू बस्ती तिर अाउन थालेका छन् । घाँसे मैदानमा चर्न मन पराउने भएको हुनाले बस्ती नजिकै अाउने गरेको अधिकृत अाचार्यले बताएका छन् ।
देउखुरीमा घाइते रतुवाको मृत्यु
देउखुरीमा घाइते रतुवाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया