कामना डेली, कपिलवस्तु। प्रगतिशिल पत्रकार संघ जिल्ला कार्यसमिति कपिलवस्तुले सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्योपानेको चरित्र हत्या गर्ने गरी केही मिडिया लागेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक वक्तव्य जारी गरि संघका सदस्यमाथि झुटा आरोपहरु लगाउँदै समन्वय समिति पुर्नगठन माग गर्नू हास्यास्पद भएको भन्दै आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो। अध्यक्ष माधव भाटद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।“सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितका संयोजक चन्द्रकान्त न्यौपानेलाई विभिन्न आरोप लगाएर संघको पुनर्गठन गर्नुपर्ने माग राखी केही पत्रकार नियोजित रुपमा लागि परेका देखिएको छ।”न्यौपाने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्बर ५ का अध्यक्ष र उपाध्यक्षहरुको उपस्थितिमा विधि प्रक्रिया अनुसार नै समितिको संयोजक हुनु भएको प्रमाण हुँदाहुँदै अहिले विधि नमिलेको कुरा देखाउने प्रयत्न आफैमा हास्यास्पद रहेको भन्दै यस प्रकारको अराजक सोचाइले प्रत्रकारिता जगतलाई स्वच्छ, मर्यादित र प्रभावकारी बनाउन नसकिने बताइएको छ।न्यौपानेले केही विधि प्रक्रिया मिचेर काम गरेका भए भए मिटिङ्गमा कुरा उठाएर सुधार गर्न सकिनेमा बिज्ञप्ती निकालेरै मिडियाबाजी हुँदा उहाँको चरित्र हत्या भएको संघले ठहर गर्दै आश्चार्य चकित भएको पनि वक्तव्यमा जनाइएको छ । संघले यसमा राजनैतिक आग्रह पुर्बाग्रहका साँधेर हावादारी आरोप लगाइएकोमा दुई मत नभएको भन्दै यस प्रकारका पुर्वाग्रहले स्वतन्त्र पत्रकारिताको खिल्ली उडाउने काम भएको समेत जनाएको छ।संघले साथै अहिले विश्वभर फैलिरहेको (कोभिड १९) को महामारीकोे बेला जिल्लाका सम्पुर्ण पत्रकार र मिडिया हाउस एकतावद्ध भएर सचेतना सन्देश प्रवाह गर्नु पर्ने पनि विज्ञप्तीमा जनाइएको छ। साथै संघले न्यौपानेमाथि लगाइएका हल्ला र झुटा आरोपको विश्वसा नगर्न पनि अनुरोध गर्दै यो विपद्मा संचारक्षेत्रमा काम गर्नेमाथि सुरक्षाका स्वास्थ्य सामग्री दिलाउन माग गरिएको छ ।
न्यौपानेको चरित्र हत्या गर्न खोजेको भन्दै संघको गंभीर ध्यानाकर्षण
न्यौपानेको चरित्र हत्या गर्न खोजेको भन्दै संघको गंभीर ध्यानाकर्षण

Advertisement
तपाईको प्रतिक्रिया