• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ४. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ५. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ६. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ९. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

गलकोटमा लकडाउन उल्लङघन गरे कारबाही हुने ।


  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। गलकोट नगरपालिका वडा नं ७ को आयोजनामा सर्वपक्षिय बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल सरकारले विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई फैलिन नदिन चैत १० गतेदेखि देश भर लागू गरेको लक डाउन नियमलाई वडा भित्र थप कडाई गर्ने निर्णय गरेको छ । वडा भित्र कोभिड १९ को संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर गरि लक डाउनको नियमलाई थप कडाई गरिने वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । वडाबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि संक्रमण फैनिन नदिन यस्तो निर्णय गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो । ग्रामिण क्षेत्रमा लक डाउन नियमको उल्लनङघन भईरहेको भन्ने जनगुनासोलाई भोली देखि नै व्यवहारमा लागु गर्न वडाले अपिल समेत गरेको छ ।
    सामाजिक दुरी कायम गर्दै मास्क लगाएरै सर्वपक्षिय बैठक गरिएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । बैठकले लक डाउन लाई थप कडाइ गर्ने, १ जना भन्दा बढि जम्मा भई भिडभाड नगर्ने, हिडडुल नगर्ने,
    खसी, बोका, रागो, भैंसी लगायतको मासु काटेर भोज भतेर नगर्ने, सामूहिक रूपमा कुनै पनि खेल नखेल्ने, बैठक, सभा, सम्मेलन, भेला, मेला नगर्ने लगायतका निर्णय गरेको छ । त्यस्तै वडा भित्र अत्यावश्यक बाहेकका काम बाहेक घर बाहिर ननिस्कने निस्कनै परे वडा लाई आधिकारिक रुपमा जानकारी गराउनु पर्ने, सामूहिक पूजा अर्चना नगर्ने, सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, पसल, विद्यालय, कार्यालयमा भीड नगर्ने, दरम खोला, हुलुवा खोला लगायतका खोलाहरूमा माछा नमार्ने, कुनै पनि सवारी साधन गाडीहरु नचलाउने, आफ्ना बाल बच्चाहरूलाई घर बाहिर जान नदिने, वडा देखि बाहिर बाट आउने नागरिकहरूले वडामा जानकारी गराउने र १४ दिन सम्म घरमै होम क्वारेन्टाइनमा बस्ने, गाउँ, टोल, छिमेकमा कोही नयाँ मान्छे आएमा वडामा खबर गर्ने र खेत बारीमा सामूहिक काम गर्दा कम्तीमा ३ फिट टाढा रहेर काम गर्नुपर्ने निर्णय गरिएको छ । उल्लेखित लक डाउन सम्बन्धि नियमहरू अनिवार्य रुपमा वडाबासीलाई पालना गर्न र गराउन अनुरोध समेत गरेको छ नियम उल्लङघन गरेमा आवश्यक कारबाही गरिने बताईएको छ । सर्वपक्षिय बैठकमा वडा स्थित जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, पत्रकार, युवाहरु, समाजसेवीहरु लगासतको उपस्थिती रहेको थियो । बैठकले यो संकटको घडीमा नआत्तिन र कोरोना भाइरसको संक्रमण बाट बच्न सरसफाईमा उचित ध्यान दिन अनुरोध गरेको छ । बाहिर निस्कँदा मास्क लगाउन र सजकता सँगै सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । सो अवसरमा २९ सदस्यीय वडा स्तरिय लक डाउन समन्वय तथा परिचालन समिति चयन गरिएको छ । वडा भित्र लक डाउनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन वडा अध्यक्ष टिका बहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति चयन गरिएको छ । समितिको सदस्यमा वडा सदस्यहरु लोक बहादुर थापा, लक्ष्मी सार्की, मिना दर्जी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी अध्यक्ष ललित मरासिनी, नेपाली काँग्रेस वडा सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा सचिव होम बहादुर बस्नेत र घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा रहनु भएको छ ।

    Advertisement

    आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ४.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ५.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    भर्खरै

    • १.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • २.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ३.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ४.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ७.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ८.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation