ओमप्रकाश गुप्ता,सिसहनियाँ।दाङ देउखुरीको राप्ती गाउँपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न २५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा १२ शैया र सर्वोदय मावि सिसहनियाँमा १३ शैया गरी २५ शैयाको क्वारेन्टाइन स्थापना गरिएको हो । उक्त क्वारेन्टाइनमा विशेष गरी भारतबाट नेपाल भित्रिने सर्वसाधारणहरुलाई कोरोनाको लक्षण देखिए निगरानीमा राख्न क्वारेन्टाइन स्थापना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिएका छन् । यस्तै कोरोनाको सामना गर्न सरकारको निर्देशन र स्थानीय प्रशासनको पहलमा आवश्यक समन्वय गरेर आवश्यक परे थप एक वटा क्वारेन्टाइन राप्ती उद्योग वाणिज्य संघको हल भालुवाङमा राख्न सकिने अध्यक्ष सुवेदीले बताएका छन् । त्यस्तै राप्ती गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीमा ५ वेडको आइसुलेसन कक्ष पनि स्थापना गरिएको छ ।
राप्ती गाउँपालिकामा २५ शैय्याको क्वारेन्टाइन तयार
राप्ती गाउँपालिकामा २५ शैय्याको क्वारेन्टाइन तयार

Advertisement
तपाईको प्रतिक्रिया