किशोर गैरे। पश्चिमी अनुसरणको बिरोध गर्दै गर्दा धेरै जनाले मलाइ बिकास बिरोधि, आधुनिकता बिरोधी अनि समयको गति बिपरित बोल्ने पुरातनवादी कट्टरबादीका रुपमा बुझलान। मलाइ कस्ले के रुपमा बुझ्यो त्यो मेरो लागि गौण बिषय हुनेछ। पश्चिमको प्रभाव नेपालमा मात्र होइन, बिश्वब्यापी फैलिरहेको छ। त्यो प्रभावबाट म टाढा हुन सकेको छैन, म पनि त्यहि पश्चिमीकरणमा जेलिएको नेपाली हु। मैले धेरै पश्चिम बिरोधि कुरा गर्दा म माथी धेरै प्रश्नहरु उठनुनि स्वभबिक हुन। नेपालमा पश्चिमी प्रभाब मुलरुपमा नेपालले अंग्रेज़सग युद्ध हारेपछिको सुगौली सन्धीबाट भए जस्तो सरसर्ती देखिन्छ। राजनैतिक, कुटनैतिक अनि आर्थिक र सामाजिक रुपमा प्रत्यक्ष अझै बढि प्रभाब नेपालमा राणाकाल देखि रहेको बुझ्न सकिन्छ। कुनै पनि देशलाई आफ्नो अधिकार क्षेत्र बनाउनका लागि युद्ध गरि परास्त गर्नु पर्छ भन्ने छैन। देशको अस्तित्वलाई नामेट पार्नका लागि त्यस मुलुकको भाषा, धर्म अनि संस्कृतिलाई बिचलित गरे पुग्छ। नेपालमा पनि शताब्दी देखि पश्चिम त्यस्तै रणनीतिमा अघि बढिरहेको छ। हिजो सिमित स्रोत र साधन हुदा हुँदै पनि राष्ट्रको अस्मिता जोगाउन, शक्तिशाली बैरी विरुद्ध एकजुट भै लडेको नेपाली समाज र आज आफु आफैमा विभिन्न नाममा बिभाजित भै रोमलिएको नेपाली समाजलाई तुलना गरौ। हिजो आमा भन्ने नेपाली पुस्ता अनि आज ममि भन्ने नेपालि पुस्तालाई हेरौ। यो सबै भन्दै गर्दा म परिवर्तन बिरोधी पक्कै होइन।म बिकास बिरोधि नै होइन। तर बिकासका नाममा आफ्नो आस्तित्व नै नामेट पारेर पराधिन हुनु बिकास होइन। बिकास भनेर आफ्नो सबै पहिचान
लाई तिलान्जली दिएर अरुको अनुसरण गर्नु बिकास होइन। आधुनिकताको नाउमा बिदेशी चाल चलनको भद्दा अनुसरण त्यो पनि बिना ज्ञान गरिनु नै नेपालको लागि अभिसाप साबित भएको जस्तो लाग्छ। नेपालमा पश्चिमी अनुसरणले न हामीलाई बिकास दिन्छ नत हामीलाई समृद्धि ।हामी आपको बुटोमा बेलौती फालाउन खोजिरहेछौ। हामी नेपाललाई अमेरिका बनाउन खोज्दै छौ,नेपाल त नेपाल नै हुन्छ मूर्ख! अमेरिका र नेपाल आफैमा यति धेरै फरक छन, यी देशका ईतिहास, धर्म, संस्कार,संस्कृति, परम्परा अनि दर्शन नै फरक छ। हामी नेपालमा अमेरिका खोजिरहेछौ, जब हामी यी फरक तत्वलाई मिसाएर एक बनाउन खोज्छौ तब हामी रोमलिन्छौ, हाम्रो अस्तित्वलाई बिर्सिएर हामी अरु नै भएको भर्ममा जिउछौ।जब हामी भर्मलाई यथार्थ मान्छौ तब सत्य र भर्म बिचको पर्दाले बिरिएको यथार्थ जेलिएर बाधिएर निसासिएर बसिरहन्छ।हाम्रो देश आज त्यही पश्चिमी भर्ममा लपेटिएको आफ्नो यथार्थ धरातल भन्दा धेरै पर भड्किएको छ।तत्कालिन राणा प्रधानमन्त्रीले अंग्रेज़लाई विशेष महत्व दिनु नै हामी नेपालीका लागि अभिसाप हो। हाम्रो शिक्षामा भएको अङ्ग्रेजी प्रभावलाई हामीले दिएको महत्व नै हाम्रो पतनको मार्ग हो। हामी आज भाषिक रुपमा पतन भएका छौ। आज हामीले बोल्ने लवज कति अङ्ग्रेजी शब्द आउछन। त्यस्को हेक्का हामीलाई पनि छैन। हाम्रो भाषा बिस्तारै बिस्तापित हुँदै गरिरहेको छ। आज सिसाकलम भन्यो भने बच्चाले बुझन सक्दैन। आजका बच्चा आमालाई आमा होइन ममि भनिरहेका हुन्छन।कसैले भन्ला ममि,पेन्सिल भनेर के फरक पर्छ? धेरै फरक पर्छ। हाम्रो भाषा, हामि माझ पुस्तान्तरण हुँदै आएको हो, त्यो हाम्रो सभ्यताको परिचय हो, भाषा हाम्रो बिरासत हो, भाषा हाम्रो सम्पती हो। हाम्रो भाबी पुस्ताको नासो हो।
अब हामी धर्मको कुरा गरौ। धर्मको कुरा गर्ने बितिकै मलाइ हिन्दुबादि भन्लान। म सहन तयार छु तर आज सम्म मसम्म धर्म हस्तान्तरण हुँदै आयो, हाम्रो पुर्बिय सभ्यताका ज्ञानहरु पनि त्यही धर्म सङै हामि सम्म आइपुग्यो। अब हामी पछिका पुस्तालाई धर्मको पहिचान दिनु आवस्यक छ कि नै। अधुनिकताको नाममा आफ्नो धार्मिकतालाई तिलान्जली दिनु कतिको महानता हो। धर्मको बिषयमा सनातन देखि चलिआएको धर्म परम्परालाई आफू पछिका पुस्तालाई हस्तान्तरण गरिनुको साट्टो नया पुस्तालाई पश्चिमि अनुसरणमा मिहित पारी गर्व महसुस गर्नु कति उत्तम होला। हाम्रो शिक्षा पश्चिमि अनुसरणबाट प्रभाबित भएकैले आज हामी देशमा नेपाली कम अमेरिकन, अस्ट्रेलियान अनि युरोपियन जन्माइरहेका छौ। हामी पनि खुसीले गद्गद छौ। नेपालको बिकास नेपाली जन्माएर हुन्छ, हाम्रो शिक्षामा पुर्बिय दर्शन, ज्ञान,नैतिक शिक्षा अनि आदर्श र मुल्य मान्यताको कमिले गर्दा आज हामी आदर्श समाज निर्माण गर्न सकेका छैनौ। हामीले आदर्श समाज निर्माण गर्नका लागि पश्चिमको अनुसरण होइन, आफ्नो देशको भाषा, धर्म अनि संस्कृतिको प्रवर्द्धन गर्दै नेपाली हुनुमा गर्व हुने शिक्षा नितिको बिकास गर्नु पर्छ। जब सम्म हामी नेपालमा पश्चिमी भर्मको अनुसरण गर्दैअमेरिका झै विकसित हुने अनि समृद्ध हुने सपना देखछौ तब सम्म केही हुने छैन। हामी त नेपाललाई आफनै नेपाली मोडेलको बिकास दिनुपर्छ। नेपाली मोडेलको बिकासका लागि देशको शिक्षा नीति परिवर्तन गरि पुर्बिय दर्शन र ज्ञानलाई शिक्षा नितिमा समाबेश गर्नु पर्छ।नेपालको बिकासका लागि नेपाली भाषा, धर्म र संस्कृतिको रक्षा र प्रवर्द्धन गर्दै नेपालीपनमा रमाउने नया युवा पुस्ताको निर्माण गर्नुपर्छ।नेपालमा सन १७१५ देखि धार्मिक अतिक्रमणको प्रयास सुरु भएको पाइन्छ। नेपालमा पश्चिमी धर्म प्रचारका लागि आएको क्याथोलिक मिसनलाई नेपालको एकीकरण पछी देश निकाला गरिएको इतिहास पाइन्छ। हामी नेपालीहरुको आफ्नै मौलिक धर्म रहेको छ, आफ्नै मौलिक परम्परा अनि सभ्यता। नेपाललाई धर्म निरुपेक्ष बनाउन सफल हुनु नै पश्चिमको सबै भन्दा ठूलो जित हो। आज उनिहरु प्रचार प्रसार मजाले गर्न पाइरहेका छ्न। पश्चिमि धर्म मान्नेहरुको संख्या पनि दिन दुई गुना रात चौगुना फैलिएको छ। हामी निरुपेक्ष हुनु पर्ने, पश्चिमाहरु आफ्नो राष्ट्रमा चाहिँ सापेक्ष हुने? अब कुरा गरौ संस्कृत र सभ्यताको, बिश्वमा जिबित पुरानो सभ्यताहरु मध्यमा पूर्वीय दर्शनबाट प्रभाबित नेपालि सभ्यता नै हो। तर विभिन्न नाममा हाम्रो सभ्यताहरु माथी हमला भैरहेको छ, हामी मौन मात्र होइन हामी रमाइरहेका छौ,हामीलाई के लागि रहेको छ।हामी सबै भन्दा ठुला क्रान्तिकारी हौ, हामी सबै भन्दा ठुला आधुनिकताबादी। हामीले आधुनिकताको खोल ओढ्दै गर्दा यो बिर्सिनु भएन कि पश्चिमले कसरी बिकास गर्यो, आफ्ना धर्म, संस्कृती र सभ्यताको जगमा उभिएर नै हो। पश्चिमको अनुसरणलाई गर्बका साथ आत्मसात गरिनु नै हाम्रो अस्तित्व निमिट्यान पार्नु हो। म यो कुरा गरि राख्दा मलाइ भनिन्छ, यो युग ग्लोबल भैसक्यो, हामी कसरी फरक हुन सक्छौ। यो सन्सार ग्लोबल भयो, ग्लोबल सङ्गसङ्गै हामीमा हाम्रो अस्तित्व र पहिचान प्रती बितृष्णा उत्पन्न भयो, हिजो पश्चिमीहरु भन्दा कुनै कम थिएन नेपाली, उदाहरणका लागि बिश्वले पश्चिमी क्यालेन्डर मान्छ तर हामी सङ्ग
हाम्रो नेपाली क्यालेन्डर छ। नेपालमा पश्चिमि अनुसरण होइन नेपालीकरण आवश्यक छ। नेपालमा नेपाली हु भन्दा गर्व गर्ने अवस्थाको बिकास हुनु आवश्यक छ, हाम्रो शिक्षा प्रणालीले यस्तो जनशक्ति उत्पादन गर्दै छ कि जसले नेपाली हुनु भन्दा बिदेशी हुनुमा गर्व गर्ने समाज निर्माण गर्दै छ। हामीले बिकास र आधुनिकताका नाममा बिदेशी हस्तक्षेपलाई नेपालमा प्रबेश पो गरायौ कि सोच्ने बेला आइसकेको छ। जब हामीले आफ्नै देशमा आफ्नो धर्म, संस्कृती अनि सभ्यता प्रती हिनताबोध गर्ने पुस्ताको निर्माण गर्दै छौ भने हामीले हाम्रो अस्तित्व अनि नेपालित्वलाई कसरी मज्बुत गर्न सकिन्छ त?प्रश्न हामी सबैका लागि। अर्को कुरा हाम्रो पर्निर्भता नै हाम्रो बिकासको मुल बाधक हो।हामि नेपालीहरुको प्रमुख शत्रु हाम्रो परनिर्भरता नै हो। परनिर्भरताको अन्त्य आजको नेपालमा राष्ट्रियताको नया कार्यदिशा हो। नेपाल परनिर्भरबाट आत्मनिर्भर मात्रै गराउन सक्ने हो भने हाम्रो समृद्धिको लागि कसैसग ढोका ढकढक्याउनु नै पर्दैन र कसैले हस्तक्षपकारि भुमिका गर्ने दुस्साहस गर्न सक्दैन। परनिर्भरबाट आत्मनिर्भर हुनु त्यति सजिलो भने छैन तर राष्ट्र प्रतीको अटुट समर्पण र बिश्वास हुनेहो भने कुनै कुरा असम्भव भन्ने छैन। परनिर्भरताको अन्त्य कसरी हुन्छ त, नेपालले जब उत्पादनलाई महत्त्व प्रदान गरि निर्यातलाई बढाउछ।नेपालमा त्यो बाताबरण निर्माणको लागि नेपाली नेतृत्वले सबै भन्दा पहिले इतिहासको सपनामा मस्त भै आज अस्तब्यस्त भएको नेपाली समाजलाइ इतिहासमा रामाउने होइन,बर्तमान र भबिस्यको कार्य सम्पादन गर्नु तिर लागाउनु पर्ने देखिन्छ। जुन देशको उत्पादन सुन्य बराबर छ, आयत निर्यात भन्दा सारै धेरै छ, जुन देशका युबाहरु बेरोजगार र बिदेशियका छन, जुन रास्ट्रमा चिनि देखि नुनसम्म, खुरसानी देखि स्याउसम्म बिदेशी खाने बानी छ, एक नेपालीलाइ यसो हेर्नू पर्छ, उस्ले प्रयोग गर्ने हरेक कुरा बिदेशी छन, सोच अलि सम्पन्नको अमेरिकी, युरोपेली पि आर कसरि प्राप्त गर्ने छ,अरुको रोजाइ खाडि, नेपालको हरेक गाउँ मा न बिदेशियको मानिस नै छैन होला। राष्ट्रियताको कुरा आउदा आज पनि उहीँ इतिहासकै उदाहरण दोहोराउनु पर्छ, हिजो पुर्खाले लेखे आफ्नो ईतिहास, त्यो इतिहासको जगमा नया राष्ट्रिय इतिहास कोर्ने कस्ले,? उनिहरुले आफनो कर्तव्य पूरा गरि हामीलाई पुस्तान्तरण गरेको रास्ट्र हामी कता लग्दैछौ त? पश्चिमी अनुसरणको चपेटाबाट हाम्रो मुलुकलाई जोगाएर, नेपालीपन,नेपालित्व अनि पुर्बिय दर्शन र संस्कृतिबाट ओतप्रोत शिक्षा नितिको बिकास गरि नेपालका नया पुस्तालाई पश्चिमी अनुसरणको भुमरीबाट निकाली बिकसित, समृद्ध अनि गैरबसाली राष्ट्र निर्माण गर्ने हामीमा अभिभारा छ।
लेखक गैरे, बर्दघाट, नवलपरासी निबासी हुनुहुन्छ।
पश्चिमी संस्कृतीको भुमरीमा जेलिएको मेरो नेपाल
पश्चिमी संस्कृतीको भुमरीमा जेलिएको मेरो नेपाल
Advertisement
तपाईको प्रतिक्रिया