• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

बिनायक भेटिएपछि परिवारमा छायो खुसी


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ।भारतको कलकत्ताका एक युवकको हराएको ९ महिनापछि परिवारसंग पुनर्मिलन भएको छ । विनायक साहु नाम बताउने युवक ९ महिना अघि भारतमा रेलबाटै हराए । घर परिवारले सवै ठाउँ सोधीखोजी गरे । तर, कहीँ भेटिएनन् । प्रहरी कहाँ ‘एफआईआर’ दर्ता समेत गरे । अहँ भेटिएनन् ।
    परिवारले बिनायक अब भेटिन्न भनेर पूरै आशा मारिसकेका थिए । तर, एकदिन उनै विनायक साहुलाई आँखा अगाडि पाउँदा दाइ गणेश, साढु भाइ दिलेश्वर र भतिजी संगीताले आँशु थाम्न सकेनन् । भक्कानिएर रुन थाले । खुशीले ओठ डगडगायो । शरीर काप्यो । विनायक पनि आफ्नो दाइ, भाइ र भतिजीलाई भेट्दा खुशीले रुन थाले । एक अर्कामा अंकमाल गरे । सुम्सुमाएँ । अनी परिवारसँग छुट्टिएका विनायक साहुको पुनर्मिलन भयो ।विनायक साहु भारतको कलकत्ताको जुट मिलमा काम गर्थे । उनको घर उडीसा, गुलनथरा, ब्रहमपुर हो । ९ महिनाअघि उनी कलकत्ताबाट ससुराली उडीसा जान रेल चढ्नुपर्ने थियो ।
    स्टेशनमा मानिसहरुको निकै भिड थियो । भिड छिचोल्दै उनी रेल त चढे । तर, त्यो रेल उडीसाको लागी नभई, विहारको लागि थियो । पहिलो भूल त्यही भयो । रेलमा उनी लुटीए । न पैसा भयो, न उनको कुनै परिचय खुल्ने कागज । महिनौँ दिनसम्म उनी सडकमै खाए, सडकमै सुते । कहाँ छु भन्ने सम्म थाहा थिएन । बोल्न खोज्थे तर, बोली फुट्दैन्थ्यो ।कसरी कसरी उनी लमही आइपुगे । माग्दै खान थाले । ‘सबैले बौला आयो बौला आयो’ भनेको सुन्थे, बुझ्दैनथे। तर, पछि बुझे‘बौला भनेको पागल हो’ । तर, उनी पागल थिएनन् ।एक महिना अघि दाङ देउखुरीमा एउटा अभियान शुरु भयो,‘सडक मानव मुक्त बनाउने’ । त्यो अभियानमा उनै विनायकलाई उद्धार गरेर राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा रहेको निलसागर आश्रममा लगियो । कपालमा जुम्रा परेको । कपडाभरी फोहर । नुहाई दिएर, दारी, कपाल फालिदिए । नयाँ कपडा लगाउन दिए । आश्रममा ल्याएका सबै बोल्न सक्ने थिए । तर, उनी बोल्न सक्दैन थिए । न केही परिचय थियो । आश्रममा उनको नाम बोल्न; निलसागर भनेर राखे।माघेसंक्रान्तिको दिन आश्रममा नयाँ मानिसहरुको चहपलपहल बढ्दै थियो।आश्रमलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भैरहेको थियो । विनायक पनि त्यही थिए । उनले सबैलाई नमस्कार गर्थे ।  हात र मुखको ईसारा मात्रै थियो।आश्रममा आएकी शिक्षक रेमाकुमारी राना बुढालाई विनायकले पच्छ्याए ।‘हात जोड्दै यता र उता गरेको देखियो । बोल्न नसक्ने रहेछन् भन्ने लाग्यो’बुढाले भनिन्–‘तर, एक्कासी आप मेरी मा जस्सै हैं’ भन्ने पहिलो बाक्य फुट्यो ।
    सबै आश्चर्यमा परे।न बोल्ने व्यक्तिको बोली एक्कासी फुट्यो।त्यसपछि उनको बारेमा सोधीखोजी चल्यो।उनको नाम विनायक साहु । घर भारत उडीसा । हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल पल्टनमा रहँदा उडीसाको बारेमा उनलाई थाहा थियो । खोजी सुरु गरे। गुगलको प्रयोग गरे।प्रहरी मार्फत खोज तलास गर्दा घरको पत्ता लाग्यो । साहुको बोली फुटेको दुई दिन भित्र उनको घरका आफन्तसँग सम्पर्क जुटिसकेको थियो।तर, कसरी नेपाल ल्याउने ।होइन, अर्को योजना पनि थियो । साहुलाई घरै पुर्‍याउने । दुई विकल्प थिए । साहु भेटिएको खबर घर पुगेपछि ८० वर्षीया आमाको आँखाबाट हर्षका आँशु बगे।४ वर्षीया छोरी अरजीता, श्रीमती रस्मीता मात्रै होइन, उनको घर परिवार सबैमा खुशी छायो। निल सागरका अभियान्ता दिपेन्द्र न्याैपानेले साहुका घर परिवासँग फोनमा कुराकानी गरे, हाट्सअपबाट भिडियोमा कुरा गरे । विनायकको तस्बिर, भिडियो पठाए । त्यसपछी ९ महिनाअघि हराएका विनायक साहु नेपालमा भेटिएको घर परिवारले विश्वास माने। ‘सुरुमा विश्वास नै गर्न सकेनन्। त्यसपछि फोटो, भिडियो र कुराकानी गराएपछि पक्कै भेटिएको भन्ने भएपछि भने उनीहरुमा खुशीको सीमा रहेन’, न्यौपानेले भने–‘साहुलाई लिन साढु भाइ, दाइ र भतिजी आउन तयार भए। दुई दिनको रेलको यात्रापछि २ हजार किलोमिटर दूरी पार गरेर साहु र उनका आफन्त बिच शुक्रबार राती करिव ९ बजे निल सागर मानव सेवा अाश्रममा पुनर्मिलन भयो । यसै बिच अाश्रमले शुक्रबार राती नै पत्रकार सम्मेलन गरी हराएका विनायकलाई परिवार जिम्मा समेत लगाएको छ।अहिले अाश्रममा उद्धार गरिएका ३० जनालाई राखिएको छ ।

    Advertisement

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...