• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

श्रीखण्ड संरक्षणमा प्युठान नेपालकै नमुना जिल्ला


  •   शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लामा बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक खेती शुरू गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् ।

    Advertisement

    श्रीखण्ड कृषि तथा बन बाताबरण कृषक समुह गठन गरि प्युठान नगरपालिका ३ क्वाडिका स्थानीयले २०७४ सालदेखि श्रीखण्डको खेती गर्न थालेका हुन् । सुरुमा ४ सय बिरुवा रोपेर जिल्लामै पहिलो श्रीखण्ड व्यावसायिक खेती सुरु गरिएक समुहका अध्यक्ष बेद प्रसाद पौडेलले बताए । प्रतिबिरुवा तीन सयका दरले काठमाडौबाट बिरुवा खरिद गरि रोपेको पौडेलले बताए। उनले प्रतिरुखबाट ३ लाखसम्म आम्दानी गर्न सकिने सुनाए । ‘छिमेकीसँगको साझेदारीमा करिब एक सय रोपनी जग्गामा बिरुवा रोपेका छौँ ,’ उनले भने,रोपेका बिरुवा छोटो समयमै राम्ररी हुर्किएका छन् । स्वर्गद्वारी सात धामले परिचीत जिल्लालाई अब श्रीखण्डको जिल्लाको रूपमा परिचीत गराउने योजना छ।”उनले भने।श्रीखण्डको हकमा कटान मुछान पूरा गरेर सीधै व्यवसाय गर्न सकिने उनको अनुभव छ। बन कार्यालय लगायत विभिन्न निकायबाट अनुगमन तथा अबलोकनका लागि दैनिक जसो मानिस आउने गरेको पौडेलको भनाई छ । धेरै लगानी पनि आवश्यक छैन,’ पौडेलले भने, ‘अहिले छिमेकीसँग सहकार्य गरी जमिन लिएको छौँ । पछि हुने फाइदा बराबर गर्ने सर्त छ ।’ उनले अहिले सम्म ८ सय बिरुवा रोपेको बताए ।
    अहिले नर्सरी ब्यबस्थापनका लागि आर्थिक तथा प्राबिधिक सहयोग आबश्यक रहेको उनी बताउँछन।
    यो व्यवसायका साथै जिल्लामा श्रीखण्डको नीजी नर्सरी खुल्न थालेका छन। उनिहरुले औषधिजन्य बिरुवाको माग र बजारको सम्भावनालाई देखेर गत वर्षदेखि श्रीखण्डको खेती थालेका हुन् । प्युठान नगरपालिका ३ का माथवर सिह खत्रीले धेरै बर्ष पहिले भारतबाट ३ वटा बिरुवा लिएर रोपेको आफ्ना बाउबाजेले समेत आफू सानो छँदा सुनाउने गरेको स्थानीय चक्रपाणी पौडेलले बताए । श्रीखण्डको बीउ चराले खाने र चराको बृष्टिबाट श्रीखण्ड फैलिएको हुन सक्ने उनले सुनाए। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कोदालोको बिड भने जस्तै दाउरा, घाँस कोदालो बिड बनाउने गरिन्थ्यो , उनले भने,’अहिले यसको महत्त्व बुझेका छौँ’। घरको आगनमै श्रीखण्डको बिरुवा सरक्षण गर्दै आएको उनले सुनाए ।
    डिभिजन बन कार्यालयले श्रीखण्डको बिस्तारका लागि तालिमसँगै बिरुवा उपलब्ध गराउने गरेको सहायक बन अधिकृत दिपक केसीले बताए। ‘प्रयाप्त बिरुवा उपलब्ध गराउन सकेका छैनौ’ उनले भने ‘श्रीखण्ड २० देखि २५ वर्षमा पूर्ण रूपमा बिक्री गर्नलायक हुन्छ,’ प्युठानको श्रीखण्डको काठ पशुपतीनाथ सहित नेपालगंज चीनको तिब्बतका साथै जापान सम्म निर्यात हुन थालेको उनको भनाई छ। डिभिजन बनबाटै प्रक्रीया पूरा गरि श्रीखण्ड निर्यात हुन थालेको केसिले जनाए। प्रति रुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ। श्रीखण्ड धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । श्रीखण्डबाट हस्तकला वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ ।सरकारले नीतिगत रूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । फाट्टफुट्ट अन्य जिल्लामा श्रीखण्ड खेती गरिए पनि प्युठान जिल्लामा श्रीखण्ड खेती नेपालकै एक नम्बर र नमुना खेती रहेको जिल्ला डिभिजन बनका प्रमुख राजु क्षेत्रीले बताए । नेपालको तराई क्षेत्र र भित्री मधेसको भूभाग रक्त चन्दन खेतीका लागि अत्यन्त अनुकूल रहेको र श्रीखण्ड पहाड, तराई हिमपात नहुने ठाउँमा लगाउन सकिने उनले अनुभव बताए । श्रीखण्डको महत्व बुझेपछि जिल्लाका मरन्ठाना,खैरा,भिङ्री, क्वाडी लगायतका गाउँका किसानले समेत रोप्न थालेका छन् ।

    शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • २.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ४.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ५.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ७.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ८.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...