• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष १०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ३. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • ४. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ५. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ६. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

  • ७. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ८. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ९. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • १०. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

बुवा आमा पाल्ने छोरा बुहारी सम्मानित


  •   बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढिरहेका बेला दाङको राप्ती गाउँपालिकाले सासू ससुरा तथा बुवा अामा पाल्ने छोरा बुहारीको खोजी गरेर बुधबार सम्मान गरेको छ ।
    महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र तिनलाई उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो । ‘असल संरक्षणकर्ता’ का रूपमा ३५ जना छोरा बुहारीलाई नगद १ हजार ५ सय ३० रूपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । छोरा बुहारीमा कर्तव्यबोध र वृद्धवृद्धामा आत्मबल बढ्ने भएकाले सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख जिवनकुमारी जिसीले बताइन् । ‘सम्मानले अग्रजको ख्याल गरौं र दीर्घजीवी गराउँ भन्ने अभियान चल्ने विश्वास छ,’ उनले भने, ‘घर छोडेर शहर पस्ने छोराछोरी र बुहारीलाई गाउँ फर्काउन पनि यस अभियानले मद्धत पुग्नेछ । राप्ती गाउँपालिका ५ सिसहनियाँकी श्यामा रावत अाफु सम्मानित हुँदा गर्व लागेको बताइन् । ‘जिवनमा सासु ससुरा पालेर सम्मान पाइन्छ भनेर सोचेको थिएन’रावतले भनिन, तर मंगलबार सम्मान गर्ने भन्दै गाउँपालिकाले खबर गरेपछी खुसी लागेको उनले बताइन्। ८० वर्षिया सासुलाई अाफुले बिहे गरेको २०६१ साल देखि पालन पोषण गर्दै अाएको बताइन् मेरो श्रीमान हुनुहुन्न तर मेरो सासु मेरो पनि जन्म दिने अामा सरह हुन् भनेर हेरचाहा तथा पालन पोषण गर्दै अाएको सुनाइन ।यो सम्मानले अझ उर्जा थपेको रावतको भनाई थियो । म अव मेरा छिमेकी छोराबुहारीलाई पनि अाफु सम्मानित भएको कुरा सुनाउछु । उनले भनिन् । उनी जस्तै राप्ती गाउँपालिका २ कठाहाका अनुप चाैधरी पनि सम्मानित भएका छन् । उनले अाफ्नो ८२ वर्षिय हजुर बुवालाई पाल्दै अाएका छन् । छोरा बुहारीले गर्ने काम नातीले गरेको भन्दै गाउँपालिकाले उनलाई सम्मान गरेको छ । चाैधरी सम्मानित भएपछि उनी निकै खुसी छन् । अहिले उनी अाफ्ना बुवा अामा र हजुरबुबालाई पाल्दै अाएका छन् । रावत र चाैधरी जस्तै राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी पनि सम्मानित भएका छन् । उनले अाफ्ना ९६ वर्षिय बुवा र ८० वर्षिय अामालाई असल छोराको भुमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको छ । अाफु सम्मानित हुँदा गिरी पनि निकै खुसी छन् । उता राप्ती गाउँपालिका २ मुक्तिनगर नयाँ बस्तीकी जानकी चाैधरी पनि सम्मानित भएकी छिन् । चाैधरीले माइती घरमा दाई भाउजु र भाई बुहारीले बुवाअामालाई लालन पालन नगरेपछि छोराको भुमिका निभाएकी छिन् । उनले हाल माइती ७५ वर्षिय अामालाई पाल्दै अाएकी छिन् । सम्मानित हुँदा चाैधरीको मुहारमा खुसीको सिमा नै छैन्। यता आफ्नै स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानित हुँदा बृद्व बुवाआमाहरू पनि खुसी भएका छन् । हिंडडुल गर्न नसक्ने र छोराबुहारीको स्याहार सुसारको भरमा बाँचेका बुवाअामा अाफ्ना छोरा बुहारी सम्मानित हुँदा खुसी लागेका बताएका छन् । कार्यक्रममा सम्मानित हुनेहरूमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका जिवन खाती, रमेश राना मगर, शान्तिपुरका मेघराज न्यौपाने,पाखापानीका श्यामलाल पोख्रेललाई गाउँपालिकाले सम्मान गरेको हो । त्यसै गरि वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी, कठाहाका अनुप चौधरी, मुक्तिनगरकी जानकी चौधरी, रामनगरकी तारी कुमाल, वडा नम्बर ३ बाघढड्डीका महेन्द्र बेल्बासे, प्रेमप्रकाश चौधरी, मसुरीयाका गोविन्द अधिकारी, वडा नम्बर ४सुन्दरपुरकी सीता शर्मा, जनकपुरकी रामकृष्णी चौधरी, खिनैटाकी लक्ष्मी मल्ल, मझनीगढकी सुसीला महरा, वडा नम्बर ५ सिसहनियाँका मनिराम चौधरी, पहरुवाका गोकर्ण पौडेल, सिसहनियाँका श्यामा रावत, लठ्ठहवाका रामप्रसाद चौधरी, वडा नम्बर ६ बगरापुरकी रामदेवाली चौधरी, पत्थरगढवाकी सुनिता चौधरी, मझेरीयाकी राजकुमारी चौधरी, सगरापुरकी अम्बिका पुरी, वडा नम्बर ७ छोट्की सिसहनियाँका विश्वम्भर ज्ञवाली, चुमादेवी ज्ञवाली, रामदास चौधरी, अर्नाहनपुरका सुनिल कुमार चौधरी, भानपुरका रामचन्द्र अधिकारी, वडा नम्बर ८ पिपरीका लिलतचन्द्र चौधरी, दुर्गा भट्टराई , नारायणी चौधरी, विजौरीका प्रकाश पौडेल, वडा नम्बर ९ रुपाकोटका कालु कामी, तामबहादुर खैकला मगर, बाहुनीपाटाका भेषबहादुर कार्की, घोषखोलाका विरेन्द्रबहादुर कार्कीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको हो।

    Advertisement

    बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ३.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ५.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ६.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • २.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ३.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ५.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • ६.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    • ७.
      मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

    • ८.
      कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation