• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • ३. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ४. अस्पताल बने, सेवा सुरु भएन

  • ५. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ६. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ७. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ८. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ९. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • १०. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

‘संस्कार हराए,संस्कृति हराउँछ’


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • शोभित जंङ्ग शाही । नेपाल बिबिध संस्कृतीको धनी देश हो। हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, संस्कृतिले पुस्तौँ पुस्ताको जीवनलाई जोड्दछ । संस्कृतिले सिङ्गो राष्ट्रको जीवनशैलीलाई चिनाउँछ । सामाजिक, सांस्कृतिक जीवन र धार्मिक, राजनैतिक, आर्थिक जीवनका गतिविधि समेत संस्कृतिका अङ्गभित्र पर्दछन् । यहाका विभिन्न जातजातीको रहनसहन भेषभुषा यही अनेकता भित्रको एकता हुनु नै वास्तविक नेपाली संस्कतिको विशेषता हो । त्यसैले त नेपाललाई चार वर्ण छत्तिस जातको फुलवारी भनिन्छ। यहाभित्र बिबिध संस्कृती बाँचिरहेको छ। हाम्रो जीवन पद्धति पनि यहि हो।

    Advertisement

    नेपाली संस्कार र संस्कृतीले मानव जीवनका सम्पूर्ण पक्षलाई समेटेको पनि छ । यस दृष्टिकोणले पनि नेपाली संस्कृति विविधतामय छ। सांस्कृतिक दृष्टिकोणले नेपाल अत्यन्त समृद्धशाली छ।नेपाली संस्कृती यहाँ रहेका विभिन्न जातजातिको रहनसहन र रीतिरिवाजमा मात्र सीमित छैन। यहाँको संस्कृति,भाषा, साहित्य, कला जस्ता क्षेत्रमा समेत विकसित भएको छ । यहाँको कला र संस्कृति प्राचीन कालदेखि नै अक्षुण रुपले विकसित हुदै आएको छ । जसको वीजारोपण हाम्रा ऋषिमुनिहरूले पवित्र हिमालयको काखमा बसेर तपस्या गरी सुरु गरेका थिए। हाम्रो संस्कृति पूर्वीय परम्परावाट प्रभावित छ । जस्तै
    मातृ देव भव :पितृ देव भव :
    आचार्य देव भव :
    जननी जन्म भुमिश्चप स्वर्गदपि गरिएसी
    अर्थात :- हाम्रो समाजमा अतिथि र गुरुलाई देवता समान मान्नु, आफू भन्दा ठूलालाई आदर र सानालाई माया दिनु नेपाली संस्कृतिभित्रै पर्दछ । यिनै परम्परालाई हामी नेपालीहरूले आत्मसात गरेका छौं । अझ परोपकार र समाजसेवा नेपाली समाजका सस्कारगत विशेषता हुन् । तर बिस्तारै हामी यो कुरा भुल्दै गएका छौ । आफूले जे जस्तो अप्ठ्यारो सहेर भए पनि आफ्नो घरमा आएको पाहुनालाई सेवा सत्कार गर्नुपर्छ, राम्रो र मीठो खाना खान दिनुपर्छ भन्ने मानसिकता हामी नेपालीमा रहेको हुन्छ । यसरी विविध संस्कतिले भरिपूर्ण भएको मुलुक नेपालमा हिजोआज पाश्चात्य संस्कृतिले प्रभाव पारेको छ भने त्यसले केही विकृत पक्षहरूलाई पनि प्रवेश गराएको छ । यदि हामी आजै नउठे भोलि त्यस्तो दिन मात्र देख्न बाकी रहेने छ कि,त को होस भन्दा म मै हु भन्न सक्ने छैनौ ! केबल मौन गुप्तचुप ध्यान मग्न ढुङ्गा सरि बस्न बाहेक अरु केही उपाए रहने छैन । अहिले आएर हामी दसैं भन्दा भब्य तरिकाले क्रिसमस मनाउछौ । तिहार भन्दा भब्य तरिलाले भ्यालेनटाइन दिवस मनाउछौ । यसको मतलब नमानाउने भन्न खोजेको होइन । मनाउनु पर्छ तर आफ्नो संस्कार र संस्कृतिलाई कुनामा राखेर हुदैन किनभने हराए संस्कार, हराउँछ संस्कृति,हराए संस्कृति ,हराउँछ पहिचान , हराए पहिचान हराउँछ राष्ट्र।
    अनि पहिचान बिहिनको राष्ट्र , राष्ट्र रहन सक्दैन ।
    ॐ असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय ।
    मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥
    अथार्त :- ॐ शब्दद्वारा ओम, असत्यबाट मलाई सत्यतिर डोर्याउँछ,
    अँध्यारोबाट मलाई उज्यालोमा डोर्‍याउछ ,मृत्युबाट मलाई अमरत्वमा पुर्‍याउछ , ओम शान्ति शान्ति शान्ति अथार्त म शान्त स्वरुप आत्म हु । यहाँ हाम्रो देशमा बाहिर बिदेश देखि पर्यटकहरु नेपालको भौतिक र प्राकृतिक हिमशृङ्खला ,नदि , नाला आदिको संसारमा घुम्न रमाउन मात्र आउदैन । यो पछि पनि अर्को एउटा बिश्वकै दुर्लभ संसार छ जुन हो करुणा ,प्रेम, दयाको संसार । बिश्वको कतिपय देशमा एउटा ४ बर्षको उमेर देखि नै बालबालिकालाइ आफै खान सिकाइन्छ, आफै कपडा आइरन गरि आफै लगाउन सिकाइन्छ । अनि त्यहा प्रत्येक कोठामा छुट्टाछुटै टिभी रहन्छ । खाना खानी समयमा हरेक सदस्य छुट्टाछुट्टै आफ्नो कोठामा गएर छुट्टाछुट्टै बसेर टिभी हेर्दै खाना खानि गर्द्छन तर नेपालको परिवेशमा मैले आफै देखेको छु । एउटा आमाले आफ्नो छोरालाइ ८ बर्षको उमेर सम्म पनि आफ्नै हातले खाना खुवाइदेको । आफै कपडा लगाइदिएर स्कुल पठाएको । नेपालमा एउटा घरमा एउटा टिभी हुन्छ अनि खाना खानी बेला सङ्है बसेर खाना खान्छौ अनि सबै परिवार मिलेर टिभी हेर्नी गर्दछौ । यहि नै माया हो जुन बाहिर विकसित देशहरूमा धेरै दुर्लभ छ। पर्यटकहरु नेपाल आउँछ्न। महिना दिन घुम्छन। प्रकृतिको स्वाद चाखेर बिदेशी पर्यटक भुल्छन।उनिहरु आफ्नो देशमा जुन प्रेम पाउदैनन बर्ष भरिको त्यहि अथाह प्रेम बोकेर नेपालबाट जान्छ्न । त्यसैले नेपाललाई हिमाल र नदिले मात्र मोहित पार्दैन बिश्वलाई यहाँको दुर्लभ संस्कृतिले पनि लोभ्याउछ। मानिस भित्र रहेको स्वार्थी र एकोहोरो (भेडो) प्रवृत्ति, अनि बैगुनी चरित्रले हाम्रो संस्कारलाई दूषित बनाएको छ । कुनै काम नगरी आफ्नो नाम चलाउन चाहने स्वभावले उन्मत्त हुन्, अनि एक अर्काको खुट्टा तान्ने प्रवृत्ति हावी हुनु र पवित्र हाम्रा संस्कृतिलाई केवल संग्रहालय र म्यूजियममा मात्र सीमित राखी विदेशी संस्कृतिको खोल ओडेर आफूलाई महान बनाउन चाहने प्रवृत्तिआदिले पनि हाम्रो संस्कृतिमा आघात पुगेको छ । विशेषतः समाजका बहुसंख्यक युवा वर्ग विदेशी संस्कृतिको प्रभाववाट थिचिएका छन्, दवीएका छन् । त्यसैले नेपाली भूमिमा मौलाएको पवित्र संस्कृति प्रति परेको आघातलाई रोकथाम गर्न सम्पूर्ण जातजाति भाषाभाषीहरू नै सचेत हुनुपर्छ।
    समष्टिमा भन्दा संस्कृति भनेको कुनै पनि जातजातिको पहिचान गराउने मूल आधार हो । संस्कृति नै नहुनु भनेको आफ्नो अस्तित्व नै नरहनु हो। त्यसैले समाजमा रहेका हरेक धर्म, जात जाति र धर्मावलम्बीले आ-आफ्नो संस्कृतिको संरक्षणका निम्ति लागि पर्नु पर्दछ । किन भने आफ्नो असल संस्कृतिको विकास र उत्थानले नै त्यस समाज र राष्ट्रका जातिको उत्थान र प्रगति हुन सक्छ भन्ने कुरा मनन गरी हामी सबै त्यस तर्फ सचेत हुन आवश्यक छ ।

    भनिन्छ, कुनै पनि गाउँ, समाज र राष्ट्रलाई लथालिङ्ग र भताभुङ्ग पार्नु छ भने सबभन्दा पहिला त्यस क्षेत्रको संस्कतिलाई ध्वस्त पार्नु पर्दछ । आफ्नो समाजको संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्न सके प्रगति स्वतः भइहाल्छ । तसर्थ समाजमा रहेका सचेत वर्गले आफ्नो संस्कृतिको संरक्षणका निमित्त विशेष ध्यान दिनु आवश्यक देखिन्छ।

    लेखक राप्ती गाउँपालिका १ पाखापानी दाङ निवासी हुन।

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation