• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

हत्या आरोपीलाई जमानत


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। शुद्धोदन गाउँपालिका ४ मुडफुटवाका ५८ वर्षीय सुखीनाथ पाण्डे (प्रीतम) विभिन्न मुद्दामा सजाय खेपिरहेका ब्याक्ती हुन। अघिल्लो बिहीबार उनी एकाएक जिल्ला अदालतमा हाजिर भए । उनि हाजिर भएपछि अदालतमा तरंग फैलियो । उनी पक्कै थुनामा जान्छन् भनेर धेरैले अडकल समेत गरे।
    मान्छेहरु घुईचो लाग्यो उनलाई हेर्न। तर, धेरैले गरेको अनुमान त्यति बेला फेल खायो जब उनी अदालतको आदेशमा धरौटीमा रिहा भए। जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले पाण्डेलाई धरौटीमा छाड्‌ने आदेश गरेका थिए । रुपन्देहीको हथिहवाका माओवादी कार्यकर्ता शिवपूजन कुर्मीको ०६४ चैत ९ मा भएको हत्या मुद्दामा उनलाई हाजिर गराइएको थियो । पहिलो दिन उनको बयान सकिएन । बिरामी भनेर अस्पतालमा रात बिताए । दोस्रो दिन बहस सकिएपछि अघिल्लो शुक्रबार साँझ ५ बजेतिर जमानत मिल्यो । आधा घण्टामा १० लाख रुपैयाँ धरौटी बुझाए । छुट्‌ने बेलामा अरू मुद्दामा उनको कैद फैसलाको लगत थियो । उनले त्यसअघि नै जिल्ला अदालतका दुवै फैसलाविरुद्ध उच्च अदालतको बुटवल इजलासमा ०७५ कात्तिक ८ गते पुनरावेदन गरेका थिए । घरमा तामेल भएको म्याद बेरितको भएकाले जिल्लाले गरेका फैसलामाथि तारेकमै रही पुनरावेदन गर्न पाऊँ भनेर माग गरेका थिए । आफू बस्नेभन्दा फरक वडामा म्याद तामेल भएको दाबी पाण्डेले गरेका छन् । उच्च अदालत बुटवल इजलासमा मुद्दाको पुनरावेदन परेको कागजात देखाएपछि उनीविरुद्ध जिल्लाको फैसला निष्क्रिय बनेको थियो । सबै कागजात अदालतले हेरेर मौखिक रूपमा सोधपुछ गरेपछि उनी रिहा भए । पाण्डे रिहा भएपछि यहाँका स्थानीयले विभिन्न जिज्ञासा राखेका छन् । उनी कागजपत्र बलियो बनाएर अदालत पुगेका थिए । तत्कालीन शान्ति समितिले समेत ०६७ वैशाख ३ मा कुर्मी घटनामा पाण्डे संलग्न नरहेको निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पत्र पठाएको थियो।

    Advertisement

    जिल्ला अदालतले पाण्डेलाई धरौटीमा छाड्‌नु शंकास्पद भएको कुर्मीका छोरा लाला चौधरीले बताए । ‘त्यही घटनामा केही आरोपी पुर्पक्षका लागि थुनामा छन्,’ उनले भने, ‘पाण्डेलाई छाडिनुले न्यायालयप्रति प्रश्न उठेको छ ।’ उक्त आदेशमा जिल्ला न्यायाधीश लोकजंग शाहले चासो राखेका छन् । पाण्डेमाथिका तीन आरोपमा अदालतले कुनै सजाय–जरिवानाको फैसला नगरेकाले छुटेको उनका वकिल सुधाकर पाण्डेले बताए । अदालतले लगत रुजु गर्दा पाण्डेका नाममा कुनै कैद जरिवाना नदेखिएकाले आफूहरूले छाडेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

    विद्रोही स्वभाव, धेरै आरोप

    हठी स्वभावका उनी अत्याचारविरुद्ध लड्थे । थिचोमिचो सहँदैनथे । त्यसैले जमिनदारको आँखी बने । जमिनदारले गर्ने अन्यायले पाण्डेलाई विद्रोही बनायो । ०४८ सालपछि कांग्रेस राजनीतिमा सक्रिय बने तर सफलता मिलेन । उल्टै तारो बने । राजनीतिमा सफलताका लागि उनकै विगतले साथ थिएन । ०४६ सालअघि उनकै संलग्नतामा गाउँघरमा चोरी हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । पाण्डे भने आरोप अस्वीकार गर्छन् ।

    उनको जीवनमा उतारचढाव रह्यो । तत्कालीन माओवादी द्वन्द्वको सुरुवातदेखि तारो बने । ०६० कात्तिकमा लवनीबाट घर गइरहेका बेला साँझ ७ बजे तत्कालीन माओवादी कार्यकर्ताले गोली प्रहार गरे । साइकलमा जाँदै गर्दा साबिक विठुवा गाविस कार्यालयनजिक ५ राउण्ड गोली लाग्यो । घाँटी, मुख, लिंग, ढाड र खुट्टामा गोली लागेको थियो । उनको तत्काल उद्धार भयो । काठमाडौंस्थित शिक्षण अस्पतालमा तीन महिना उपचारपछि निको भएर उनी घर फर्किएका थिए । घरमा बस्ने वातावरण थिएन । भारत विस्थापित भए । त्यहीँ माओवादीविरुद्ध प्रतिकार समिति गठन गरी कमाण्डर बने । त्यतिखेर उनले गोलीसहित हतियार बोकेको फोटो ‘नेपालय’ले प्रकाशित गरेको ‘युद्धमा जनता’ पुस्तकमा समेत प्रकाशित छ ।

    सीमामा बसेर तत्कालीन माओवादीविरुद्ध परिचालित भए । राज्यले सहयोग गर्‍यो । समूह ठूलो बन्दै गएपछि माओवादीका लागि चुनौती बन्यो । त्यही क्रममा ०६१ असार ३ गते प्रतिकार समितिका सदस्य बस्ने पिपरास्थित नसिम अहमद खाँको घरमा माओवादीले आक्रमण गर्‍यो । उक्त आक्रमणमा ६ जनाले ज्यान गुमाए । पाण्डे त्यहाँबाट उम्किए । उनीमाथि गाउँमा पनि थुप्रै आरोप छन् । ०४८ चैतमा कुटपिट, अंगभंग मुद्दामा पाण्डेलाई प्रतिवादी बनाइयो । जिल्ला अदालतले २ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना फैसला गर्‍यो । रुपन्देहीको भैसाहीका महादेव थारुले जाहेरी दिएको लुटपाट मुद्दामा रुपन्देही जिल्ला अदालतले ०६२ जेठ ५ गते ४ वर्ष १ महिना कैद सजाय सुनायो । विस्थापित भएका कारण म्याद बुझ्न नपाएको बताएपछि मुद्दा मुल्तबीमा गयो । तर, कतिखेर जाग्यो र फैसला भयो, उनले पत्तै पाएनन् । त्यसमाथि ०६४ चैत ९ गते हथिहवाका माओवादी कार्यकर्ता शिवपूजन कुर्मीको हत्या आरोपमा ज्यान मुद्दा थपियो ।

    ‘फेरि राजनीतिमै लागेर समाजसेवा गर्छु’

    राम्रो नेतृत्व गर्छ र राजनीतिमा फड्को मार्छ भनेर विरोधीले सुरुदेखि तारो बनाए । बहुदल आएपछि कांग्रेसको राजनीतिमा लागे । ०४८ सालमै मुद्दा लगाइयो । माओवादी द्वन्द्व सुरु भयो । ०६० सालमा माओवादीले गोली हाने । विस्थापित भई भारतको नौगढ सरे । त्यहाँ ३९ परिवार बसेका थिए । त्यहीँबाट माओवादीसँग लडे । ०६४ वैशाख १३गते पुनःस्थापित हुने भनेर नेपाल आए तर त्यही दिन फर्के । यता उनलाई तीन मुद्दा लागिसकेका थिए । खुलेर हिंड्न सक्ने अवस्था थिएन । लुकीछिपी हिंड्थे । नेपाल र भारत दुवैतिर गाह्रो हुन थाल्यो । मुद्दा सामना गर्नु बाहेक विकल्प थिएन । ‘ढिलो भए पनि न्यायको जित भएको छ,’ उनले भने, ‘अब फेरि राजनीतिमै लागेर समाजसेवा गर्छु ।’

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation