सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । देवदह क्षेत्रमा लामो समय देखि सामाजिक क्षेत्रमा क्रीयाशील लियो क्लब अफ लर्ड बुद्धको आयोजना र श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको प्राबिधिक सहयोगमा शिबिर गरिएको हो। देवदह नगरपालिका वडा नं. २, देकावर स्थित भविष्य निर्माण विद्यालयको प्रांगाणमा मधुमेह परिक्षण तथा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ५० भन्दा बढिले आँखा परिक्षण साथै सुगर परिक्षण र बिपि चेक जाच गरेको आयोजक संस्थाको अध्यक्ष कमल ज्ञवालीले जानकारी दिनुभयो । शिविरमा ६ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मधुमेहबाट आँखामा असर देखा परेका बिरामिहरुलाई भने शल्यक्रिया लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान,भैरहवा रिफर गरिने र शल्यक्रिया खर्च निशुल्क गरिने आँखा चिकित्सक सञ्जीव अधिकारीले बताउनुभएको थियो ।
आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक लियो शंकर पंगेनी बताउनु भेएको थियो ।
निशुल्क आँखा शिवीरबाट देवदहमा १५० जना लाभान्वीत
निशुल्क आँखा शिवीरबाट देवदहमा १५० जना लाभान्वीत
Advertisement
तपाईको प्रतिक्रिया